News Portal

भेरी नदिमा बेपत्ता भएको डेढ महिनापछि भेटियो अमिनाको शव

हिमाली संचार संवाददाता
७९५ पटक

टेकबहादुर शाही
डोल्पा : गत कात्तिक १९ गते जिप दुर्घटनापछि भेरीमा खसेर हराएकी अमिना बुढाको शब फेला परेको छ । दुर्घटना भएको एक महिना १७ दिनपछि अमिनाको शव भेरी किनरामा फेला परेको हो ।
बाख्रा गोठलाले भेरीको किनारमा अमिनाको शव भेटेपछि खबर गरेको प्रहरी चौकी कालागौडाका इन्चार्ज शशीराम वलीले जानकारी दिए ।

शव अमिनाको नै भएको सनाखत उनका फुपाजु मिनराज ठकुल्लाले गरेका छन् । जिप दुर्घटना भएको स्थानबाट करिब ४ किलोमिट तल बयालचौरमा अमिनाको शब फेला परेको ठकुल्लाले बताए ।

गत कात्तिक १९ गते ठुलीभेरी नगरपालिकाको कालागौडाको बतासे डाँडामा भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको घटनास्थलामै ज्यान गएको थियो भने अमिना बुढा बेपत्ता भएकी थिइन् ।
अमिनाको खोजीका लागि काठमाडौँबाट गोताखोर टोली मगाएर दुई हप्ता खोजी गरेपनि फेला नपेरेकी अमिनाको शब शनिबार भेरीको किनारमा फेला परेको हो ।

पानिमा डेढ महिना रहेकी अमिनाको शरिर सुन्निएको छ कपडा शरीरमै भेटिएको छ । आफन्तले अमिना नै भएको पुष्टि गरेपछि मुचुल्का उठाएर जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि लगिएको कालागौडा प्रहरी चौकी इन्चार्ज शशीराम वलीले जानकारी दिए ।

महिनौसम्म चिसो पानीमा अमिनाको खोजीमा रहेका आफन्तले आशा मारिसकेको अवपस्थामा साढे एक महिनापछि शव भेटिएको खबरले परिवार र आफन्तलाई राहत मिलेको छ ।

जिप दुर्घटनामा ज्यान गुमाएका ११ जनाका परिवारले जनही ५ लाख पचास हजार राहत पाएका छन् । दुर्घटनामा जीवित चालक दिनेश बोहोरा हाल अनुसन्धानका लागि थुनामा छन् । अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...