News Portal

भेरी नदिमा बेपत्ता भएको डेढ महिनापछि भेटियो अमिनाको शव

हिमाली संचार संवाददाता
७४५ पटक

टेकबहादुर शाही
डोल्पा : गत कात्तिक १९ गते जिप दुर्घटनापछि भेरीमा खसेर हराएकी अमिना बुढाको शब फेला परेको छ । दुर्घटना भएको एक महिना १७ दिनपछि अमिनाको शव भेरी किनरामा फेला परेको हो ।
बाख्रा गोठलाले भेरीको किनारमा अमिनाको शव भेटेपछि खबर गरेको प्रहरी चौकी कालागौडाका इन्चार्ज शशीराम वलीले जानकारी दिए ।

शव अमिनाको नै भएको सनाखत उनका फुपाजु मिनराज ठकुल्लाले गरेका छन् । जिप दुर्घटना भएको स्थानबाट करिब ४ किलोमिट तल बयालचौरमा अमिनाको शब फेला परेको ठकुल्लाले बताए ।

गत कात्तिक १९ गते ठुलीभेरी नगरपालिकाको कालागौडाको बतासे डाँडामा भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको घटनास्थलामै ज्यान गएको थियो भने अमिना बुढा बेपत्ता भएकी थिइन् ।
अमिनाको खोजीका लागि काठमाडौँबाट गोताखोर टोली मगाएर दुई हप्ता खोजी गरेपनि फेला नपेरेकी अमिनाको शब शनिबार भेरीको किनारमा फेला परेको हो ।

पानिमा डेढ महिना रहेकी अमिनाको शरिर सुन्निएको छ कपडा शरीरमै भेटिएको छ । आफन्तले अमिना नै भएको पुष्टि गरेपछि मुचुल्का उठाएर जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि लगिएको कालागौडा प्रहरी चौकी इन्चार्ज शशीराम वलीले जानकारी दिए ।

महिनौसम्म चिसो पानीमा अमिनाको खोजीमा रहेका आफन्तले आशा मारिसकेको अवपस्थामा साढे एक महिनापछि शव भेटिएको खबरले परिवार र आफन्तलाई राहत मिलेको छ ।

जिप दुर्घटनामा ज्यान गुमाएका ११ जनाका परिवारले जनही ५ लाख पचास हजार राहत पाएका छन् । दुर्घटनामा जीवित चालक दिनेश बोहोरा हाल अनुसन्धानका लागि थुनामा छन् । अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...