News Portal

कविता ~ ‘स्वतन्त्रता’

हिमाली संचार संवाददाता
६३४ पटक

– ॠतु सिंह

हेर त शिशिर !
तिम्रा स्वतन्त्रता
खोस्न चाहने
यी कलमवीरहरु !
जुर्मुराए र जुर्मुराउदै छन्
अझ पनि !
स्वतन्त्रताको हक
थाहा छ नी
कलमवीर हो ?

स्वतन्त्रता !
स्वतन्त्रतामा आनन्द, उदारता
तथा अन्य मानवीय मूल्यहरु फूल्दछन्

जसरी
यी फूलहरु फूलेका छन्
यदि तिमीमा स्वतन्त्रता छैन भने
कल्पना रोकिन सक्छ,
प्रवृत्ति निस्सासिन सक्छन् ,
धारणाहरु बोझ बन्न सक्छन् र
जानकारीहरु अनुपयोगी हुनसक्छन्

त्यसैले
ए कलमवीरहरु हो !
त्यो स्वतन्त्रतालाई सम्मान गर
जो निस्वार्थ , सत्य र न्यायिक छ
जो तिमीलाई दिएको छ ।

चितवन – भरतपुर।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...