हुलाकी सडकमा यसरी हुन्छ गाई तस्करी

काठमाडौं – हुलाकी सडकखण्डमा शनिबार राति करिब ८ बजे नम्बर प्लेट नभएको सवारी साधनमा गाई ओसारपसार भईरहेकाे दृष्य उक्त सुनवर्सि स्थित झपरलचाेक नजिकै र रतुवामाई स्तिथ लारीकट्टा चाेक नजिकैको दृश्य हाे। स्थानीयका अनुसार नम्बर प्लेटविहीनका गाडीमा गाईहरू राखेर लगिएको देखिएपछि उनीहरूले उक्त सवारीलाई भद्रचोकसम्म पछ्याएका थिए। स्थानीयको दाबीअनुसार त्यसपछि उक्त गाडी भद्रचोकबाट भारतीय सीमातर्फ गएको थियो। यो सडकखण्ड इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय सिजुवा को सुरक्षा जिम्मेवारीभित्र पर्ने क्षेत्र हो। यस्तो संवेदनशील क्षेत्रमा नम्बर प्लेटविहीन सवारी साधन निर्वाध रूपमा सञ्चालन हुनु र सीमातर्फ पुग्न सफल भएको छ। प्रहरीको निगरानी र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। नियमित सवारी जाँच, रात्री गस्ती प्रभावकारी नहुदा खुलेआम गाई तस्करी याे दृश्य हाे ।



















