News Portal

के तिमीलाई बरालिए जस्तो लाग्छ ?

हिमाली संचार संवाददाता
६७८ पटक

~ श्रीराम बस्याल ‘स्वरुप’

के तिमिलाई बरालिएर हिडेजस्तो लाग्छ ?
कहिले पुर्व पुग्ने,
कहिले पश्चिम पुग्ने,
कहिले मालेमावाद भन्ने त कहिले एकीकृत जनक्रान्ति भन्ने।

कहिले त्यो झुपडीमा ओत लगाउन पुग्ने,
कहिले त्यो महलको छानो गोड्न पुग्ने
कहिले ती गरिब बस्तिहरुमा रात बिताउने
श्रमदान गर्दै हिड्ने
के तिमिलाई खान नपाएर हो जस्तो लाग्छ ?

राज्य सत्ता बिरुद्ध बोल्ने,
बिद्रोहका आवाज उठाउने,
दलालहरुलाई लखेट्ने,
वर्गीय मुक्ति बाट जातीय मुक्ति खोज्ने

शिक्षालाई श्रमसँग जोड्न माग गर्ने,
श्रमजीवी बर्गलाई जनता मान्ने,
श्रमजीवी र बुद्धिजीवीलाई एकै ठाउँ राख्नुपर्छ भन्ने,
पुँजिवादी चरित्र बिरुद्ध धावा बोल्ने
के तिमीलाई अझै शंका लाग्छ ?

हाम्रा परिवार छैनन ?
रहर हरु छैनन ?
भविष्यहरु छैनन ?
ईच्छा आकांक्षाहरु छैनन ?
बैचारिकता छैनन ?

हो यी सबै त्यागेर हामि बरालिएर नै हिडेको,
केही घुमाउरो हुन सक्ला तर दरिलो
बाटो चयन गरेको,
ब्यक्तिगत ईच्छा आकांक्षालाई तिलांजली दिएर
सर्वहारा वर्गको रातो झण्डा फर्फराउने
कसम खाएको।

के तिमीलाई अझै मजाक लाग्छ ?
बैचारिकताबाट स्खलित भएपछि,
दलालीमा रुपान्तरण भएपछि ,
र हाम्रो बिरुद्धमा लगातार धावा बोलेसि,
परिवर्तन बिरुद्ध लाग्ने र एक्लै लुट मच्चाउने,
तिम्रो घाँटी निमोठेसि हाम्रो लक्ष्य पुरा हुन्छ।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...