News Portal

जनता क्याम्पस रंगेलीमा ट्राफिक प्रहरीले गर्‍यो जनचेतनामूलक कार्यक्रम

हिमाली संचार संवाददाता
६२६ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेलीमा रहेकाे जनता क्याम्पसमा ट्राफिक प्रहरीद्वारा एक दिने “दुर्घटना घटाउ, मान्छे बचाउ” अभियान अन्तर्गत जनचेतना कार्यक्रमकाे अायाेजना गरेको छ । जिल्ला ट्राफिक कार्यलय माेरङ, अस्थायी ट्राफिक चेकपाेष्ट रंगेली तथा ईलाका प्रहरी कार्यलय रंगेलीकाे संयुक्त अायाेजनामा कार्यक्रम गरिएको थियो ।

जनता क्याम्पसमा अध्यनरत कक्षा ११ र १२ कक्षाका छात्रछात्राहरुलाई लक्षित गरेर दुर्घटना कसरी हुन्छ र यसबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा बुधबार साे कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक माेरङका प्रहरी निरिक्षक शिव कुमार पाेख्रेलले दुर्घटना समन्धित प्रशिक्षण दिएका थिए । अहिले बढि मात्रामा क्याम्पस तथा विद्यालयमा अध्यनरत छात्रहरु बढि मात्रामा दुर्घटनाकाे जोखिममा परेको बताए । सबारी साधन चलाउदा माेवाईलाम कुरा गर्ने, तिब्र गतिमा सबारी चलाउनु, भिडभाडमा तिब्र गतिमा माेटरसाईक चलाउनु, अाेभरटेक गरि सबारी चलाउदा बढि मात्रामा सबारी दुर्घटना हुने गरेको समेत बताए ।

छात्रछात्राहरुलाई सबारी चलाउदा तिब्र गतिमा सवारी नचलाउन, तीन जना नचढन र अाेभरटेक नगरि सवारी दुर्घटनाबाट बच्न सकिने पाेख्रेलले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलयका साहयक निरिक्षक निलकन्ठ पराजुलि, क्याम्पस प्रमुख लाेचन खतिवडा, सुरेन्द्र बस्नेत, सिताराम मंन्डल, फारुक रिज्वी लगायत क्याम्पसका प्राध्यापक लागयतकाे उपस्थित समेत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...