News Portal

मापदण्ड विपरीत निमार्ण गरिएका संरचना हटाउन आग्रह

हिमाली संचार संवाददाता
४६६ पटक

ज्ञानु गौतम
रुकुम : मापदण्ड विपरीत निमार्ण गरिएका संरचना (घर टहराहरु) हटाउन चौरजहारी नगरपालिकाले स्थानियलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दे एकहप्ता भित्र मापदण्ड विपरीत बनाइएका घर टहारा हटाउन आग्रह गरेको हो ।

चौरजहारी–मेलैनाउली–नार्जि–चौफा–नुवाकोट मेलैनाउली–कोटजहारी–न्यालीबजार र चिप्लेटी–कटुजेखोला सडक खण्डको ११ मिटर वरिपरि संरचना निमार्ण गर्न र निमार्ण गरिएका संरचना पनि सात दिन भित्र हटाउन कार्यालयले आग्रह गरेको हो।

सात दिनभित्र मापदण्ड विपरीतका घरटहरा हटाउन अटेरी गरे नगरपालिकाले नै हटाउने र हटाउन लाग्ने खर्च समेत घरधनीले तिर्नुपर्ने नगरपालिका कार्यालयले चेतावनी समेत दिएको छ ।

घर टहराका कारण सडक विस्तारको क्षेत्रफल नपुग्दा सडक विस्तारको कामले गति पाउन सकेको छैन । साँघुरो बाटो हुँदा सवारी आवागमनका समस्या हुनका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । मापदण्ड विपरीतका घर टहरा हटाएपछि सडक विस्तार तथा गा्रबिलको काम अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...