News Portal

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

४५ पटक

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

आगलागीबाट स्थानीय शान्ति मर्डी, रामे मर्डी र नेपाल हेमरमका टिनको छानो तथा बाँसको टाटीबेरा भएका भुइँतल्ले घर तथा एउटा दुईतले घरमा क्षति पुगेको हो। आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, अन्नपात लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगो लागेको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, रङ्गेली नगरपालिकाको दमकल, कानेपोखरी गाउँपालिकाको दमकल तथा स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा तथा बसोबासका लागि त्रिपालको आवश्यकता रहेकोले सहयोगी दाताहरूबाट सहयोगको अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...