News Portal

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

१४५ पटक

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने प्रतिशोध र अन्यायको अन्त्य गरिने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक आस्था वा विचारका आधारमा कसैप्रति भेदभाव नहुने स्पष्ट पारे।

उनले विगतमा आफ्ना पक्षलाई जोगाउन र विपक्षीलाई दबाबमा पार्न कानुन संशोधन र अध्यादेश ल्याउने अभ्यास भएको उल्लेख गर्दै त्यस्ता कार्यहरू सुधार गरिने बताए। “अहंकार र प्रतिशोधको राजनीति अब दोहोरिन दिइँदैन,” उनले भने, “अब कसैलाई आस्थाका आधारमा फरक व्यवहार गरिने छैन।”

लामिछानेले संसदमा निष्पक्षता कायम गर्ने प्रतिबद्धता जनाउँदै अब कसैको आवाज दबाउन माइक काट्ने जस्ता कार्य नहुने बताए। उनका अनुसार संसदीय समितिहरूमा पनि संख्याको दुरुपयोग गरेर अन्याय गर्ने प्रवृत्ति अन्त्य गरिनेछ।

साथै, उनले सुशासनको अभियानलाई निरन्तर अगाडि बढाइने उल्लेख गर्दै न्यायका लागि उठेका आवाजलाई प्रतिशोधको रूपमा नबुझ्न आग्रह गरे। “न्याय माग्ने पहिलो अधिकार शहीद परिवारको हो, यसलाई प्रतिशोध भन्न मिल्दैन,” उनले जोड दिए।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...