News Portal

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

१६९ पटक

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा कुवेती कच्चा तेल बोकेको विशाल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानबाट आक्रमण भएको जनाएको छ।

निगमका अनुसार घटना हुँदा उक्त ट्याङ्कर पूर्ण रूपमा कच्चा तेलले भरिएको अवस्थामा थियो। आक्रमणका कारण जहाजको बाहिरी संरचना (हल) मा भौतिक क्षति पुगेको छ भने आसपासको समुद्री क्षेत्रमा तेल फैलिएको आशंका गरिएको छ।

घटनापछि तत्कालै आपतकालीन उद्धार तथा नियन्त्रण टोली परिचालन गरिएको छ। ती टोलीहरूले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आगो नियन्त्रण तथा क्षति न्यूनीकरणका कार्यहरू गरिरहेका छन्।

कुवेत पेट्रोलियम कर्पोरेशनले हालसम्म कुनै मानवीय क्षतिको खबर नआएको पुष्टि गरेको छ। साथै, घटनाबाट भएको वास्तविक क्षतिको मूल्याङ्कन गर्न तथा ट्याङ्कर र समुद्री वातावरणको सुरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाइरहेको जनाएको छ।यस घटनाले क्षेत्रीय सुरक्षा र समुद्री मार्गको सुरक्षालाई लिएर थप चिन्ता बढाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...