News Portal

ब्रुनाईमा सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध !

हिमाली संचार संवाददाता
६३५ पटक

ब्रुनाई : दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् ।

ब्रुनाईले सन् २०१४ मै सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाउँदैं कडा कानुन नै बनाएको थियो । उक्त कानुन इस्लामिक सरिया कानुनमा आधारित छ ।कानुनअनुसार यदि कसैले सार्वजनिक रुपमा क्रिसमस मनाएको भेटिएमा २० हजार डलर जरिवाना, ५ वर्ष कैद या दुवै सजाय हुनेछ ।

धार्मिक मामिला मन्त्रालयका अधिकारीहरुले हालै स्थानीय व्यवसायिक संस्थाहरुमा भ्रमण गरी क्रिसमससम्बन्धी सजावट भए नभएको निरीक्षण गरेका थिए । सार्वजनिक रुपमा मनाउन प्रतिबन्ध लगाइएपनि व्यक्तिगत रुपमा मनाउन भने छुट दिइएको छ । तर त्यसका लागि पनि सरकारी निकायलाई पूर्वसूचना दिनुपर्ने हुन्छ ।

खुल्ला रुपमा मनाउँदा मुस्लिम समुदाय पनि भड्कन सक्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो । सामाजिक सन्जालमा भने उक्त कानुनविरुद्ध माइ ट्रिडम ह्यासट्यागमा अभियान नै सन्चालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...