News Portal

ब्रुनाईमा सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध !

हिमाली संचार संवाददाता
५६९ पटक

ब्रुनाई : दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् ।

ब्रुनाईले सन् २०१४ मै सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाउँदैं कडा कानुन नै बनाएको थियो । उक्त कानुन इस्लामिक सरिया कानुनमा आधारित छ ।कानुनअनुसार यदि कसैले सार्वजनिक रुपमा क्रिसमस मनाएको भेटिएमा २० हजार डलर जरिवाना, ५ वर्ष कैद या दुवै सजाय हुनेछ ।

धार्मिक मामिला मन्त्रालयका अधिकारीहरुले हालै स्थानीय व्यवसायिक संस्थाहरुमा भ्रमण गरी क्रिसमससम्बन्धी सजावट भए नभएको निरीक्षण गरेका थिए । सार्वजनिक रुपमा मनाउन प्रतिबन्ध लगाइएपनि व्यक्तिगत रुपमा मनाउन भने छुट दिइएको छ । तर त्यसका लागि पनि सरकारी निकायलाई पूर्वसूचना दिनुपर्ने हुन्छ ।

खुल्ला रुपमा मनाउँदा मुस्लिम समुदाय पनि भड्कन सक्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो । सामाजिक सन्जालमा भने उक्त कानुनविरुद्ध माइ ट्रिडम ह्यासट्यागमा अभियान नै सन्चालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...