News Portal

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

१७६ पटक

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा तथा गिट्टी उत्खनन रोक्न र राजमार्गमा हुने अवैध कर संकलन तत्काल बन्द गर्न निर्देशन दिएकी छन्।

विशेषगरी बेनीघाट रोराङ गाउँपालिका–९ क्षेत्रमा त्रिशूली नदीबाट भइरहेको अवैध उत्खननप्रति चासो व्यक्त गर्दै उनले यस्तो कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। साथै, राजमार्गमा ‘पटके कर’ लगायतका अवैध कर संकलन कदापि स्वीकार्य नहुने स्पष्ट पार्दै उनले सबै पालिका तथा सरोकारवाला निकायलाई तत्काल बन्द गर्न निर्देशन दिएकी छन्।

तर, सांसद तामाङको उक्त निर्देशनप्रति धादिङका स्थानीय तहहरूले आपत्ति जनाएका छन्। बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको संयुक्त बैठकले यसलाई स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेपको रूपमा लिएको जनाएको छ।

बैठकपछि जारी विज्ञप्तिमा स्थानीय तहहरूले संविधानले प्रदान गरेको एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, प्रशासनमार्फत स्थानीय सरकारमाथि अंकुश लगाउने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय समेत गरिएको छ।

यससँगै तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वय सुदृढ गर्दै संघीयताको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

काठमाडौं, ५ चैत ।
धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा तथा गिट्टी उत्खनन रोक्न र राजमार्गमा हुने अवैध कर संकलन तत्काल बन्द गर्न निर्देशन दिएकी छन्।

विशेषगरी बेनीघाट रोराङ गाउँपालिका–९ क्षेत्रमा त्रिशूली नदीबाट भइरहेको अवैध उत्खननप्रति चासो व्यक्त गर्दै उनले यस्तो कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। साथै, राजमार्गमा ‘पटके कर’ लगायतका अवैध कर संकलन कदापि स्वीकार्य नहुने स्पष्ट पार्दै उनले सबै पालिका तथा सरोकारवाला निकायलाई तत्काल बन्द गर्न निर्देशन दिएकी छन्।

तर, सांसद तामाङको उक्त निर्देशनप्रति धादिङका स्थानीय तहहरूले आपत्ति जनाएका छन्। बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको संयुक्त बैठकले यसलाई स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेपको रूपमा लिएको जनाएको छ।

बैठकपछि जारी विज्ञप्तिमा स्थानीय तहहरूले संविधानले प्रदान गरेको एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, प्रशासनमार्फत स्थानीय सरकारमाथि अंकुश लगाउने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय समेत गरिएको छ।

यससँगै तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वय सुदृढ गर्दै संघीयताको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...