News Portal

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

२५१ पटक

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे व्यापक चर्चा र आलोचना सुरु भएको छ। सामाजिक सञ्जालमार्फत सूचना तथा सेवा प्रवाह गर्दै आएको दूतावासले यस्तो कदम किन चाल्यो भन्ने विषयमा विभिन्न प्रश्नहरू उठिरहेका छन्।

दूतावासको फेसबुक पेजमा नेपाल र कुवेत दुवैतर्फबाट आएका प्रतिक्रिया सकारात्मक र नकारात्मक दुबै अहिले बन्द गरिएको छ। यसले दूतावासले आलोचना मात्र होइन, रचनात्मक सुझावहरू समेत सहज रूपमा स्वीकार नगरेको सन्देश जाने गरेको टिप्पणीहरू सार्वजनिक भइरहेका छन्।

सामाजिक सञ्जाललाई नागरिकसँग प्रत्यक्ष संवाद गर्ने प्रभावकारी माध्यम मानिन्छ। तर, पब्लिकबाट आएका प्रतिक्रिया स्वीकार गर्न नसक्ने हो भने दूतावासका गतिविधिहरूलाई पूर्ण रूपमा सह्रानीय मान्न गाह्रो हुने विश्लेषकहरूको भनाइ छ। पछिल्लो समय हटलाइन सेवा र फेसबुकमार्फत दिइँदै आएको सेवामा पनि अपेक्षित सुधार नदेखिएको गुनासो सेवाग्राहीहरूले गर्दै आएका छन्।

कुवेतमै रहेका एक राजनीतिदलसँग आबद्ध व्यक्तिले ‘हिमाली सञ्चार’सँगको कुराकानीमा दूतावासको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “हामीले फेसबुक पेज पुनः खुला गर्न आग्रह गरेका छौँ, तर धेरै गालीगलौज हुने भएकाले कमेन्ट बन्द गरिएको भन्ने जवाफ आएको छ।”

उनका अनुसार, “यदि सेवा प्रभावकारी र सन्तोषजनक छ भने कमेन्ट बक्स बन्द गर्नुपर्ने अवस्था सायद आउँदैन थियो।

यस्तै, केही व्यक्तिहरूले बिचौलियाहरू तथा राजनीतिक सल्लाहका आधारमा यस्तो निर्णय गरिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। यद्यपि, यस विषयमा दूतावासले औपचारिक रूपमा विस्तृत स्पष्टीकरण भने सार्वजनिक गरेको छैन।

समग्रमा, दूतावासको यो कदमले पारदर्शिता, जवाफदेहिता र नागरिकसँगको सम्बन्धबारे गम्भीर बहस सिर्जना गरेको छ। अब दूतावासले आलोचना र सुझावलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले नै आगामी दिनमा यसको विश्वसनीयता निर्धारण गर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...