News Portal

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

२५३ पटक

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन गरेको प्रशोधित दूध बिक्री वितरणमा रोक लगाएको छ। विभागको नियमित अनुगमनका क्रममा परीक्षण गर्दा दूधमा आवश्यक चिल्लो पदार्थ मात्र १.४ प्रतिशत रहेको पाइएको हो, जुन न्यूनतम ३.० प्रतिशतको मापदण्डभन्दा कम छ।

विभागले ४९९ क्रेट दूधको बिक्री वितरणमा रोक लगाइयो र थप अनुसन्धानका लागि नमुना प्रयोगशालामा पठाइएको जनाएको छ। प्रत्येक क्रेटमा ५०० मिलिलिटरका २० पोका राखिएका थिए।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले कम गुणस्तरको दूध उत्पादन र बिक्री नियन्त्रण गर्न यो कदम चालिएको र उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताइन्। उक्त दूधको उत्पादन मिति २०८२–११–०२ र ब्याच नम्बर २८६६९ रहेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...