News Portal

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

२३९ पटक

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ। नेपाल हवाई खेलकुद संस्थाले चैत ५ देखि ७ गतेसम्म ‘२१ औं नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना गर्ने जनाएको छ।

लामो समय बन्द भएको कारण पोखरामा कार्यरत करिब ६० प्याराग्लाइडिङ कम्पनीका ३५० पाइलट बेरोजगार बनेका थिए भने पर्यटन क्षेत्रमा ठूलो असर परेको थियो। दैनिक १ हजारदेखि १ हजार २०० पर्यटकले प्याराग्लाइडिङ अनुभव लिन्थे, तर अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षाका कारण यो व्यवसाय ठप्प भएको थियो।

च्याम्पियनसिपका लागि हालसम्म स्वदेशी र विदेशी गरी ९० जना पाइलटहरूले दर्ता गराइसकेका छन्। प्रतियोगितामा पुरुषतर्फ विजेताले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन्। महिलातर्फ विजेताहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।

अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, फेवाताल र पोखराको मनोरम दृश्य हेर्न पर्यटकहरू प्याराग्लाइडिङमा आकर्षित हुन्छन्। आयोजकहरूका अनुसार प्रतियोगिताले पर्यटन क्षेत्रमा नयाँ उत्साह र आशा थप्नेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...