News Portal

प्रहरी र स्थानीयबिच हानाहान रौतहटमा तनाब, पाँच राउन्ड गाेली चल्याे

हिमाली संचार संवाददाता
६३३ पटक

काठमाडौं : रौतहटको गरुडा नगरपालिकामा तनाव उत्पन्न भएकाे छ । जिल्लाकाे बिर्तामा साेमबार साँझ प्रहरी र स्थानीयबीच झडप भएपछी अवस्था तनावग्रस्त बनेकाे बताइएकाे छ ।

स्थानीय हाट बजारमा विवाद हुँदा झडप भएको हो । स्थानीय दुई समूहबीच कुटाकुट र झगडा भएपछि छुट्टाउन भनि गएको प्रहरीसँगै स्थानीयहरु जाईलागेपछि तनाव भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी जानकारी दिए ।

मंसिर २८ गतेको घटनालाई लिएर स्थानिय हाटबजारमा नचिनीएक २ /३ जनाको समुहमा आएका युवाले विवाद गर्न खोजे पछि दुई समुहबीच कुटाकुट सुरू भएको थियाे । २ समुहबीचकाे झडपले तनावकाे रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अँश्रु ग्यास प्रहार गरेको रौतहटका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

विवाद साम्य पार्न ५ राउन्ड हवाइ फायर र ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएकाे छ । प्रहरीले हस्तक्षेप गर्न खाेजेपछि स्थानीय भने प्रहरीमाथी नै जाइलागेका थिए । जसकारण प्रहरीले हवाइ फाइर गर्नुपर्याे ।

प्रहरीले हवाइफाइर गरेपछि अहिले भने स्थिति नियन्त्रणमा आइसकेको रौतहटका डीएसपी मरासिनीले बताए । मरासिनी भने ,- ‘गत मंसिर २८ गतेको विवादका बारेमा हिजो पनि जिल्ला प्रहरी कार्यालयमा बसेर सम्झौता भएको छ ।’

सम्झौता अनुसार अव दुवै पक्ष समुदायमा मिलेर बस्ने र होहल्ला नगर्ने लगायतका विषयमा सहमति जुटेकाे बताइएकाे छ । डीएसपी मरासिनीका अनुसार हाट बजारमा विवाद गराउने समुहकोे पहिचान भैइसकेको छ ।

उनिहरूलार्इ कारबाहीको दायरमा ल्याउन अनुसन्धान अगाडि बढाइएकाे उनले बताएका छन् । पछिल्लाे समय पश्चिम तरार्इमा विभिन्न स्थानमा यस प्रकारका घटनाहरू बढ्न थालेका छन् ।

स्थानीयहरू सानातिना विवादमा पनि ग्याँङ फाइटमा नै उत्रीन थालेपछि प्रहरीलार्इ हम्मे हम्मे पने थालेकाे जानकारहरू बताउछन् । यद्धपी  समयमै बिवाद मिलेका कारण साेमबारकाे झडपमा कुनै अप्रिय घटना नघटेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...