News Portal

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

३५ पटक

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा फेला परेका छन्। स्थानीयका अनुसार बालकहरूलाई अपहरण गरिएको आशंका गरिए पनि उनीहरू आफ्नै घरको पछाडिपट्टि रहेको बगैंचामा बेहोस अवस्थामा भेटिएका हुन्।

स्थानीय बासिन्दाले बालकहरूलाई बेहोस अवस्थामा देखेपछि तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याएका थिए। अस्पताल स्रोतका अनुसार दुवै बालकको उपचार भइरहेको छ र स्वास्थ्य अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ।

आफन्तहरूका अनुसार बालकहरू आफ्नै घर पछाडि रहेको बेगनबारीमा बेहोस अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा केही तेस्रो लिङ्गी व्यक्तिहरूलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा केही समयका लागि त्रासको वातावरण समेत सिर्जना गरेको छ। प्रहरीले बालकहरू कसरी बेहोस भए भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...