
रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण खनालले आज आफ्नो फेसबुकमार्फत औपचारिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनी विगत दुई कार्यकालदेखि वडा अध्यक्षका रूपमा जनताको सेवा गर्दै आइरहेका छन्।
वडा अध्यक्ष खनाल केही महिनाअघिदेखि नेकपा एमालेमा निष्क्रिय रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर गोप्य रूपमा राजनीतिक गतिविधिमा संलग्न रहेको बताइएको छ। देशभर पुराना दलहरूको प्रभाव घट्दै गएको अवस्थामा सर्वसाधारणको भावना र आवश्यकता बुझ्दै उनले नयाँ पार्टी रोजेको हुन सक्ने अनुमान गरिएको छ।
