News Portal

गगन थापाले अमरेश सिंहलाई दिए बधाई, मतदाताप्रति कृतज्ञता व्यक्त

१४६ पटक

काठमाडौं, फागुन २४ — गगन कुमार थापा ले अमरेशकुमार सिंह लाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन्। सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट सिंह विजयी भएपछि थापाले शुभकामना व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सर्लाही–४ का जनताले देखाएको विश्वास, माया र समर्थनप्रति आभार प्रकट गरेका छन्। उनले आफू निर्वाचित हुन नसके पनि क्षेत्रका जनताका समस्या समाधानका लागि आफ्नो तर्फबाट निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गरी विजय हासिल गरेका हुन् भने थापाले २२ हजार ८ सय ३१ मत पाएका छन्। यस्तै, अमनिश कुमार यादव ९ हजार ३ सय ४३ मतसहित तेस्रो स्थानमा रहेका छन्।

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले अघि सारेको ‘कांग्रेस २.०’ अभियानले यस निर्वाचनमा अपेक्षित प्रभाव पार्न नसकेको नतिजाले संकेत गरेको छ।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...