News Portal

दमकल बिहिन दार्चुला, महाकालिबाट पानि बाेकेर अागाे नियन्त्रण !

हिमाली संचार संवाददाता
७३३ पटक

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको बडाल कम्प्लेक्समा सोमबार राती करिब सवा नौ बजे आगलागि भएको दृस्ठिकोणले जनाएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पशलमा आगलागि हुँदा लाखौँ बराबरको सामान जलेर नष्ट भएको छ ।

नेपाल भारत जोड्ने सीमा पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय र पुलघाँट प्रहरी पोष्ट नजिक रहेको पशलमा आगलागि हुँदा तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको छ ।

आगलागिको एकीन कारण भने खुल्न सकेको छैन । तर पशल भित्रै विजुलीको तार सट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । पशलको माथिल्लो तलामा रहेका सामान भने बचाउन सकिएको छ ।

आगलागि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीयहरुले महाकाली नदिबाट पानी बोकेर आगो निभाएका छन् । झण्डै डेढ घण्टाको प्रयास पछि आगलागि नियन्त्रणमा लिइएको छ । महाकाली नगरपालिकामा तिनचार बर्ष पहिले बारुण यन्त्र दमकल ल्याईएको छ । तर बाटोघाँटो नहुँदा र दमकलको चालक नुहँदा उक्त दमकल प्रयोग विहिन अवस्थामा रहेको छ ।

अागलागिमा परेकाे पशलका सञ्चालक पदम बडालकाे याे भन्दा पहिले २०७० सालमा महाकाली नदिमा अाएकाे बाढीले बंगावगडमा रहेकाे घर सहित पशल बगाएर पुर्ण क्षति गरेकाे थियाे । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...