News Portal

दमकल बिहिन दार्चुला, महाकालिबाट पानि बाेकेर अागाे नियन्त्रण !

हिमाली संचार संवाददाता
७८२ पटक

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको बडाल कम्प्लेक्समा सोमबार राती करिब सवा नौ बजे आगलागि भएको दृस्ठिकोणले जनाएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पशलमा आगलागि हुँदा लाखौँ बराबरको सामान जलेर नष्ट भएको छ ।

नेपाल भारत जोड्ने सीमा पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय र पुलघाँट प्रहरी पोष्ट नजिक रहेको पशलमा आगलागि हुँदा तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको छ ।

आगलागिको एकीन कारण भने खुल्न सकेको छैन । तर पशल भित्रै विजुलीको तार सट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । पशलको माथिल्लो तलामा रहेका सामान भने बचाउन सकिएको छ ।

आगलागि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीयहरुले महाकाली नदिबाट पानी बोकेर आगो निभाएका छन् । झण्डै डेढ घण्टाको प्रयास पछि आगलागि नियन्त्रणमा लिइएको छ । महाकाली नगरपालिकामा तिनचार बर्ष पहिले बारुण यन्त्र दमकल ल्याईएको छ । तर बाटोघाँटो नहुँदा र दमकलको चालक नुहँदा उक्त दमकल प्रयोग विहिन अवस्थामा रहेको छ ।

अागलागिमा परेकाे पशलका सञ्चालक पदम बडालकाे याे भन्दा पहिले २०७० सालमा महाकाली नदिमा अाएकाे बाढीले बंगावगडमा रहेकाे घर सहित पशल बगाएर पुर्ण क्षति गरेकाे थियाे । 

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...