आज : २०२६-०७-१२, आइतबार

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान कुवेतमै अलपत्र परेको घटनाले यात्रुहरू मर्कामा परेका छन्।

काठमाडौँका लागि दैनिक उडान सञ्चालन गर्दै आएको जजिरा एयरलाइन्समा टिकट अन्य एयरलाइन्सको तुलनामा केही सस्तो पर्ने भएकाले धेरै नेपाली यात्रुहरूले  एयरलाइन्सबाट  यात्रा गर्ने गरेका छन्। उक्त एयरलाइन्समा ३० किलो चेक–इन लगेज र ७ किलो ह्यान्डब्याग लैजान पाउने व्यवस्था रहेको छ।

पीडित यात्रुहरूका अनुसार उडानभन्दा करिब ४५ मिनेटअघि  पास लिने क्रममा १७ जना यात्रुको ह्यान्डब्याग ७ किलोभन्दा बढी तौल देखिएको थियो।प्लेनमा प्रस्थान गर्नुभन्दा अगाडि दुईटा ह्यान्डब्याक हुने व्यक्ति र ७ किलो भन्दा माथि ह्यान्डब्याक भएको व्यक्तिको सामान लकेज सङै पठाउने  भनेका थिए।

त्यसपछि एयरलाइन्सका कर्मचारीहरूले “ह्यान्डब्याग लगेजमै हालिदिन्छौं” भन्दै आश्वासन दिएका थिए। तर काठमाडौँमा विमान अवतरणपछि सामान जाँच गर्दा उनीहरूको सामाान नआएको पाइएको ह।

यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पर्क गर्दा एयरलाइन्स पक्षले लगेज कुवेतमै रहेको र नेपाल ल्याउन थप शुल्क तिर्नुपर्ने जानकारी दिएको यात्रुहरूले बताएका छन्। १७ जनामध्ये ८ देखि १० जना घरेलु कामदार रहेको र उनीहरू आजै आ–आफ्नो घर जानुपर्ने अवस्थामा रहेको बताइएको छ।

एक यात्रुले भने, “न घर जान सकिएको छ, न काठमाडौँमै बस्न सकिन्छ । पैसा तिरेपछि मात्र सामान पठाइने भनिए छ भनेर नेपालमा ईमेल आएकाे छ भनेर नेपाल आएपछि थाहा पाए।

यात्रुहरूको गुनासो  यदि कुवेतमै अतिरिक्त शुल्कबारे स्पष्ट जानकारी दिएको भए उनीहरू आवश्यक निर्णय गर्न सक्थे। तर त्यतिबेला कुनै जानकारी नदिई आश्वासन मात्र दिइएकाले अहिले आफूहरू समस्यामा परेको उनीहरूको भनाइ छ।

कतिपय यात्रुले महत्त्वपूर्ण कागजात तथा सामग्री लगेजमै राखेको र ती सबै सामान हाल कुवेतमै रहेको बताएका छन्। एयरलाइन्सको यस्तो गैरजिम्मेवारीपूर्ण व्यवहारका कारण यात्रुहरू मानसिक तथा आर्थिक रूपमा पीडित बनेको गुनासो गरेका छन्।