News Portal

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

१७६ पटक

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) र एक स्थानीय शिक्षकबीच भएको सवाल–जवाफले ध्यान खिचेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका बालेन यतिबेला चुनावी अभियानमा सक्रिय छन्।

कार्यक्रमका क्रममा एक शिक्षकले विद्यार्थीको शैक्षिक नतिजा र सुकुम्बासी व्यवस्थापनबारे प्रश्न उठाएपछि संवाद चासोको विषय बन्यो। त्यस क्रममा बालेनले शिक्षकसँग विद्यालयको पास प्रतिशतबारे जिज्ञासा राख्दै १०० प्रतिशत नतिजा हासिल गर्न कति समय लाग्ला भनेर सोधे। शिक्षकले आफ्नो विद्यालयको नतिजा ७० देखि ८० प्रतिशतसम्म रहने बताउँदै ठट्यौली पारामा जवाफ फर्काए। उनले १०० प्रतिशत नतिजा ल्याउन समय लाग्ने उल्लेख गर्दै सुकुम्बासीलाई पुर्जा वितरण गर्न लाग्ने समयसँग तुलना गरेपछि कार्यक्रममा उपस्थितहरूबीच हाँसो फैलिएको थियो।

उक्त टिप्पणीलाई बालेनले सहज रूपमा लिँदै मुस्कुराएर प्रतिक्रिया दिएका थिए। सामाजिक सञ्जालमा यो संवादको भिडियो तीव्र रूपमा फैलिएको छ।

झापा–५ केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ। त्यही क्षेत्रमा बालेनको सक्रिय प्रचारप्रसारले चुनावी प्रतिस्पर्धालाई थप चर्काएको छ। उनले “यसपालि बालेन सरकार” नारासहित घरदैलो र भेटघाटलाई तीव्र बनाएका छन्।

प्रतिकृया दिनुहोस्

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...