News Portal

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

२२६ पटक

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन् कि यदि जनताले यस निर्वाचनमा सक्षम र इमानदार नेतृत्व छान्न नसके, देशले फेरि कठिन समय भोग्नुपर्छ। शुक्रबार पार्टीले गुल्मी सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा लामिछानेले आगामी निर्वाचनमा सचेत निर्णयको आवश्यकता औंल्याए।

उहाँले विगतका अनुभवबाट सिकेर मतदान गर्न सबै मतदातालाई आग्रह गर्दै भने, “यदि फेरि गलत प्रतिनिधि रोजियो भने पछुताउनुपर्ने अवस्था आउँछ। देश र भविष्यका पुस्ताको हितका लागि सही चुनाव गर्नुपर्छ।”

लामिछानेले प्रतिनिधि सभा निर्वाचनलाई महाभारतको युद्धसँग तुलना गर्दै नागरिकलाई स्पष्ट पक्ष लिन आह्वान गरे। उहाँले भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोगविरुद्ध पार्टी निरन्तर संघर्षरत रहेको पनि उल्लेख गरे।

कार्यक्रमपछि लामिछाने र उनका कार्यकर्ताहरू रिडीदेखि तम्घाससम्म विभिन्न स्थानमा भेटघाट र अन्तरक्रिया गर्दै अर्घाखाँचीतर्फ प्रस्थान गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...