News Portal

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

२४३ पटक

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो चुनावी प्रतिबद्धता ५ प्रतिशतभन्दा बढी पनि कार्यान्वयन नगरेको बताएका छन्। आज भद्रपुरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यो कुरा बताए।

उनका अनुसार, “राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता जारी गर्नुको अर्थ हुँदैन। उज्यालो नेपाल पार्टीले देशको समृद्धि र सुशासनलाई प्राथमिकता दिँदै वास्तविक रूपमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको छ। यो पत्र दुई–तीन दिनभित्र प्रस्तुत गरिनेछ।”

घिसिङले हालसम्म भएका राजनीतिक परिवर्तन र नेतृत्वका बाबजुद पनि देशमा समृद्धि र सुशासनको अवस्था अधुरो रहेको बताए। उनले भ्रष्टाचारमुक्त समाज, विभेदरहित व्यवस्था, युवाहरूका लागि रोजगारी र अर्थतन्त्रमा आत्मनिर्भरता सुनिश्चित गर्ने लक्ष्यसहित पार्टी अघि बढिरहेको बताए।

उनले थपे, “उज्यालो नेपाल पार्टी भाषणमा होइन, काम र परिणाममा विश्वास गर्छ। परिणाम देखाउने पार्टीमाथि जनताको विश्वास हुनुपर्छ। हिजोको जेनजी आन्दोलनको माग पूरा गर्न नयाँ नेतृत्व र नयाँ सोच आवश्यक छ।”

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...