News Portal

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

१९४ पटक

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक बताएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे विश्लेषण गर्दै भने कि रवि लामिछाने र बालेन शाहबीचको सहकार्य स्थायी नभएको ठहर गरिएको छ।

उनका अनुसार, “रवि र बालेनको गठबन्धन उनीहरूको चाहनाबाट नभई पार्टीको रणनीतिबाट बनाइएको हो। समयसँगै यसको नतिजा स्पष्ट देखिनेछ।” चालिसेले थपे कि रवि लामिछानेको लोकप्रियता घट्दै गएपछि पार्टीले आफ्नो साख जोगाउन बालेनलाई भित्र्याएको मात्र हो।

उता, कांग्रेस सभापति गगन थापाले निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा प्रधानमन्त्रीले हरेक महिना आफ्नो कामको रिपोर्ट जनतालाई बुझाउने व्यवस्था लागू हुने बताए। सर्लाही–४ बाट निर्वाचित थापाले जनप्रतिनिधिले पाँच वर्षमा मात्र गाउँ फर्कने पुरानो प्रवृत्ति अब परिवर्तन हुने र प्रत्येक महिनाको कामको रिपोर्ट जनतासमक्ष प्रस्तुत गर्नुपर्ने बताए।

थापाले एकल व्यक्तिबाट चमत्कार हुने सोचमा आफू विश्वास नगर्ने स्पष्ट गर्दै, वर्तमान चुनावमा राजनीतिक एजेन्डा भन्दा प्रधानमन्त्री को बन्ने विषयमा बढी केन्द्रित भएको बताए। यस कारण महत्वपूर्ण मुद्दा गौण बनेको उनको टिप्पणी छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...