News Portal

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

२३३ पटक

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको निर्वाचन माहोल द्रुतगतिमा सकारात्मक तर्फ बढ्दै गएको बताएका छन्। बुधबार पोखरामा आयोजित पार्टी भेलामा प्रचण्डले विपक्षी दलहरूले समेत अब नेकपाको पक्षमा माहोल सर्न थालेको स्वीकार गरेको उल्लेख गरे।

उनले भने, “पहिले हाम्रो पार्टीलाई कम आँकलन गर्ने गर्छन्, तर अहिले धेरैले नेकपाको स्थिति राम्रो भइरहेको बताएका छन्।” प्रचण्डले प्रत्यक्ष निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा ल्याउने देखिएको बताएर सबै नेता र कार्यकर्तालाई प्रचार-प्रसारमा जुट्न निर्देशन पनि दिए।

उनले नयाँ दलहरूले केही क्षेत्रमा प्रभाव देखाइरहे पनि पुराना क्षेत्रहरूमा माहोल अझै नेकपाको पक्षमा रहेको बताए। आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र रास्वपा बीच कडा प्रतिस्पर्धा हुने र केही दिनभित्र नेकपाले शीर्ष स्थान बनाउन सक्ने प्रचण्डको विश्वास छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...