News Portal

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

२३२ पटक

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई दल वा नेताको प्रतिस्पर्धाभन्दा माथि उठेको, देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण चुनावका रूपमा व्याख्या गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत देवदह–खैरेनीमा आयोजित ‘जनसम्पर्क’ कार्यक्रममा सम्बोधन गर्दै उनले विगतका चुनावहरूमा दलहरूले मात्र जित हात पारे पनि यसपटक आम जनताले देशकै हितका लागि मतदान गर्नुपर्ने बताए। उनका अनुसार यो निर्वाचनले राष्ट्रको दिशा र विकासको मार्ग तय गर्नेछ।

लामिछानेले पार्टीभित्र पदको भागबण्डा नभई जिम्मेवारी बाँडफाँट गरिएको स्पष्ट पार्दै रास्वपा काममुखी र परिणाममुखी ढंगले अघि बढिरहेको दाबी गरे। उनले आगामी पाँच वर्ष स्थिर नेतृत्व र एउटै सरकारमार्फत प्रभावकारी काम गर्ने प्रतिबद्धता समेत जनाए।

उनले घोषणापत्रभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिने बताउँदै अन्य दलले पूरा गर्न नसकेका योजना र प्रतिबद्धता आफूहरूले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।

देवदहबाट सुरु भएको रुपन्देही जिल्लास्तरीय अभियान साँझ लुम्बिनीमा समापन हुने र त्यसपछि कपिलवस्तुतर्फ कार्यक्रम अघि बढ्ने पार्टीले जनाएको छ। जिल्ला सभापति डा. बुद्धि प्रसाद शर्माका अनुसार जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा पुग्ने योजना भए पनि समय अभावका कारण केही स्थानमा छोटो भेटघाट र अभिवादनमै कार्यक्रम सीमित रहनेछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...