News Portal

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

२८४ पटक

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन बिहीबार चितवन आइपुगेका छन्। उनी बुद्ध एयरको उडानमार्फत भरतपुर अवतरण गरेका हुन्।

पार्टी स्रोतका अनुसार चितवन पुगेपछि लामिछानेले लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने र त्यसपछि भरतपुरको विशालचोकस्थित निवासतर्फ जाने कार्यक्रम रहेको छ।

केही समयअघि खुट्टामा संक्रमण देखिएपछि उनी काठमाडौंमै आराम गरिरहेका थिए। माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुँदा चोट लागेपछि त्रिवि शिक्षण अस्पतालमा उपचारसमेत गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनी पुनः सक्रिय रूपमा चुनावी अभियानमा जुटेका हुन्।

लामिछाने यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...