News Portal

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

५३ पटक

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह अहिले भने संघीयताको पक्षमा उभिएको देखिएपछि उनको राजनीतिक अडान फेरिएको विषय चर्चामा आएको छ।

मेयर पदका लागि प्रतिस्पर्धा गर्दा उनले प्रदेश संरचना अनावश्यक र खर्चिलो रहेको बताउँदै आएका थिए। प्रतिनिधिसभा निर्वाचनका क्रममा प्रदेशसभा चुनावमा मतदान नगरेर उनले संघीय व्यवस्थाप्रति असन्तुष्टि प्रकट गरेका थिए। त्यसबेला उनको यो कदमलाई संघीयता विरोधी संकेतका रूपमा लिइएको थियो।

तर, पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढेपछि उनको धारणा परिवर्तन भएको देखिन्छ। मधेसबाट चुनावी अभियान सुरु गर्दै उनले संघीयतालाई अझ प्रभावकारी र सुदृढ बनाउनुपर्ने तर्क प्रस्तुत गरेका छन्। आफू संघीयता विरोधी नभएको र गलत बुझाइ फैलाइएको उनको दाबी छ।

पार्टीभित्रैका केही नेताहरूले भने यसलाई चुनाव केन्द्रित रणनीति भएको टिप्पणी गरेका छन्। विभिन्न क्षेत्रका मतदातालाई आकर्षित गर्न विषयअनुसार धारणा बदलिएको आरोप पनि उठिरहेको छ।

झापा लगायतका क्षेत्रमा मतदाताले संघीयताबारे स्पष्ट दृष्टिकोण मागिरहेका बेला बालेनले प्रदेश संरचनामा धेरै खर्च नहुने र मन्त्री–सांसदको तलब न्यून रहेको दाबी गरेका छन्।

रास्वपाभित्र समेत संघीय प्रणालीबारे समान धारणा नरहेको देखिन्छ। अघिल्लो चुनावमा प्रदेशसभा निर्वाचन बहिष्कार गरेको पार्टी अहिले भने आफूहरू संघीयताविरोधी नभएको सन्देश दिन प्रयासरत छ। बालेनको पछिल्लो अभिव्यक्तिले मतदातामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

प्रतिकृया दिनुहोस्

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...