News Portal

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

२४५ पटक

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू समस्यामा परेका छन्। विशेषगरी नेपाल ग्यासको सिलिन्डर बजारमा नपाइएपछि सर्वसाधारण खाली सिलिन्डर बोकेर वितरण केन्द्र धाउन बाध्य भएका छन्।

पछिल्लो दुई सातादेखि आपूर्ति कमजोर हुँदा बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको कार्यालयमा दैनिक सयौं उपभोक्ता बिहानैदेखि लाइन लाग्ने गरेका छन्। सीमित समय मात्रै वितरण हुने भएकाले धेरैले घण्टौँ कुर्दा पनि ग्यास नपाएको गुनासो गरेका छन्।

भारतबाट समयमै ग्यास ढुवानी हुन नसक्दा आपूर्तिमा असर परेको बताइएको छ। यता नेपाल आयल निगमले भने बजारमा फैलिएको अभावको हल्लाका कारण उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्दा समस्या झन् बढेको जनाएको छ।

निगमका अनुसार जाडोयाममा बढ्दो मागलाई ध्यानमा राख्दै निरन्तर आयात भइरहेको छ। पछिल्ला तीन महिनामा करिब ४७ देखि ४८ हजार मेट्रिक टनसम्म ग्यास आयात गरी बिक्री वितरण गरिएको तथ्यांक सार्वजनिक गरिएको छ।

केही उद्योगका सिलिन्डरमा मात्रै कमी देखिएको भन्दै निगमले ती कम्पनीलाई आपूर्ति सहज बनाउन निर्देशन दिएको छ। साथै, आगामी आवश्यकतालाई मध्यनजर गर्दै थप २ हजार मेट्रिक टन ग्यास आयातको प्रक्रिया अघि बढाइएको छ।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरेको छ। नेपाल ग्यास कम्पनीले भने ढुवानीमा देखिएको समस्या समाधान नहुँदासम्म आपूर्ति सहज हुन समय लाग्ने जनाएको

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...