News Portal

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

३७ पटक

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई अनावश्यक खर्चको स्रोतका रूपमा चित्रण गर्नु गलत धारणा भएको बताएका छन्। मंगलबार झापा–५ का मतदातासँगको अन्तरक्रियामा उनले प्रदेश संरचनामा हुने खर्च न्यून रहेको र मन्त्री तथा सांसदको तलबकै कारण देशको आर्थिक अवस्था कमजोर बनेको भन्ने आरोप तथ्यमा आधारित नरहेको स्पष्ट पारे।

संवादका क्रममा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन बजेट अभाव देखिएको चर्चा भएपछि एक मतदाताले प्रदेश संरचना खारेज गरे ठूलो रकम बचत हुने सुझाव दिएका थिए। त्यसको जवाफ दिँदै बालेनले प्रदेश सञ्चालन खर्च अपेक्षाकृत कम रहेको बताउँदै यस्तो सोच भ्रमपूर्ण भएको प्रतिक्रिया दिए।

उनले मुलुकको समस्या तलब सुविधा नभई भ्रष्टाचार रहेको उल्लेख गर्दै पारदर्शिता र सुशासनमार्फत मात्रै आर्थिक सुधार सम्भव हुने धारणा राखे।

प्रतिकृया दिनुहोस्

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...