News Portal

गलत नम्बरको मायाप्रेमले गरायो आत्महत्या

हिमाली संचार संवाददाता
४७७ पटक

कुमार श्रेष्ठ/बाँके : बर्दिया बाँसगढीका देवले ‘जहाँ पर्छ, पर्छ’ भनेर मोबाइलबाट जथाभावी नम्बर डायल गरे । ठाकुरबाबा नगरपालिकाकी रञ्जना विष्टको मोबाइलमा घण्टी बज्यो । उताबाट केटीको आवाज आएपछि देव खुशी भए । वास्तवमा उनले केटीकै खोजीमा जथाभावी नम्बर डायल गरेका थिए । त्यसदिन गलत नम्बरको बहानामा देवको केहीबेर रञ्जनासँग कुराकानी भयो ।

त्यसपछि देवले रञ्जनालाई दैनिकजसो नै फोन गर्न थाले । तीन वर्ष कतार बसेर आएका देवले फोन गरिरहेपछि रञ्जना पनि आकर्षित भइन् । उनी देवको ‘देखावटी’ प्रेममा फसिन् । देवले हप्तामा १३५ पटकसम्म फोन गरको खुलेको छ । दुईका बीचमा कुराकानी भइरह्यो । रङनम्बरबाट शुरु भएको ‘गफ’ मायाप्रेममा बदलियो ।

उनीहरुको यो सिलसिला तीन महिनासम्म चल्यो । एक महिनाअघि बर्दियाको भूरीगाउँमा दुवैले भेटघाट गरे । फोनमा सीमित रहेको मायाप्रेम अंगालोमा बाँधियो । एक दिन बाँकेको कोहलपुरमा भेटेर एकरात होटलमा पनि बसे । अविवाहित रञ्जना विवाहित देवको ‘चंगुल’मा फस्दै गइन् । मंसीर २३ गते कोहलपुरको मुगु होटलको एउटा कोठामा रञ्जनाले झुण्डिएर आत्महत्या गरिन् ।

रञ्जनालाई होटलमा बसाएका देव राती त आएनन् नै, भोलीपल्ट पनि मोबाइल स्वीचअफ गरेर सम्पर्कविहीन भए । ‘जसका लागि घरपरिवार त्यागेर कोहलपुरसम्म आएकी थिइन्, उही व्यक्तिले धोका दिएपछि’ रञ्जनालाई सैह्य भएन । उनले प्राण त्यागिन् । यी सबै कुरा रञ्जनाले ‘सुसाइड नोट’मा लेखिन् । उनले विहे गर्छु भनेर मायाप्रेममा पारेर धोका दिएको सुसाइड नोटमा लेखिकी छन् ।

प्रहरीमा जाहेरी त आत्महत्यामै आएको छ । रञ्जनाको साथबाट सुसाइड नोट फेला परेपछि घटनाले नयाँ रुप लिएको छ । प्रहरी देवको खोजीमा लागेको छ । नयाँ कानूनमा ‘मर्न बाध्य पार्ने’लाई पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । नेपालगन्जमा गलत नम्बरबाट लभ परेर जोखिमपूर्ण यात्रामा जानेको तथ्यांक पनि कम छैन ।

नियत खराब रहेका तथा दलालले रंगनम्बर, मिसकलको रणनीति अपनाउने गर्दछन् । गलत नम्बर आएर एकपटक कुराकानी भएर टुंगिएपछि फेरि त्यही नम्बरमा फोन आउदा ‘मस्किने’ युवतीहरु जोखिममा पर्ने गरेका छन् । त्यहीमध्येकी रञ्जनाले अन्ततः धोकामात्रै पाइनन्, संसार नै त्यागिन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...