News Portal

  • गलत नम्बरको मायाप्रेमले गरायो आत्महत्या

    हिमाली संचार संवाददाता
    ४०१ पटक

    कुमार श्रेष्ठ/बाँके : बर्दिया बाँसगढीका देवले ‘जहाँ पर्छ, पर्छ’ भनेर मोबाइलबाट जथाभावी नम्बर डायल गरे । ठाकुरबाबा नगरपालिकाकी रञ्जना विष्टको मोबाइलमा घण्टी बज्यो । उताबाट केटीको आवाज आएपछि देव खुशी भए । वास्तवमा उनले केटीकै खोजीमा जथाभावी नम्बर डायल गरेका थिए । त्यसदिन गलत नम्बरको बहानामा देवको केहीबेर रञ्जनासँग कुराकानी भयो ।

    त्यसपछि देवले रञ्जनालाई दैनिकजसो नै फोन गर्न थाले । तीन वर्ष कतार बसेर आएका देवले फोन गरिरहेपछि रञ्जना पनि आकर्षित भइन् । उनी देवको ‘देखावटी’ प्रेममा फसिन् । देवले हप्तामा १३५ पटकसम्म फोन गरको खुलेको छ । दुईका बीचमा कुराकानी भइरह्यो । रङनम्बरबाट शुरु भएको ‘गफ’ मायाप्रेममा बदलियो ।

    उनीहरुको यो सिलसिला तीन महिनासम्म चल्यो । एक महिनाअघि बर्दियाको भूरीगाउँमा दुवैले भेटघाट गरे । फोनमा सीमित रहेको मायाप्रेम अंगालोमा बाँधियो । एक दिन बाँकेको कोहलपुरमा भेटेर एकरात होटलमा पनि बसे । अविवाहित रञ्जना विवाहित देवको ‘चंगुल’मा फस्दै गइन् । मंसीर २३ गते कोहलपुरको मुगु होटलको एउटा कोठामा रञ्जनाले झुण्डिएर आत्महत्या गरिन् ।

    रञ्जनालाई होटलमा बसाएका देव राती त आएनन् नै, भोलीपल्ट पनि मोबाइल स्वीचअफ गरेर सम्पर्कविहीन भए । ‘जसका लागि घरपरिवार त्यागेर कोहलपुरसम्म आएकी थिइन्, उही व्यक्तिले धोका दिएपछि’ रञ्जनालाई सैह्य भएन । उनले प्राण त्यागिन् । यी सबै कुरा रञ्जनाले ‘सुसाइड नोट’मा लेखिन् । उनले विहे गर्छु भनेर मायाप्रेममा पारेर धोका दिएको सुसाइड नोटमा लेखिकी छन् ।

    प्रहरीमा जाहेरी त आत्महत्यामै आएको छ । रञ्जनाको साथबाट सुसाइड नोट फेला परेपछि घटनाले नयाँ रुप लिएको छ । प्रहरी देवको खोजीमा लागेको छ । नयाँ कानूनमा ‘मर्न बाध्य पार्ने’लाई पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । नेपालगन्जमा गलत नम्बरबाट लभ परेर जोखिमपूर्ण यात्रामा जानेको तथ्यांक पनि कम छैन ।

    नियत खराब रहेका तथा दलालले रंगनम्बर, मिसकलको रणनीति अपनाउने गर्दछन् । गलत नम्बर आएर एकपटक कुराकानी भएर टुंगिएपछि फेरि त्यही नम्बरमा फोन आउदा ‘मस्किने’ युवतीहरु जोखिममा पर्ने गरेका छन् । त्यहीमध्येकी रञ्जनाले अन्ततः धोकामात्रै पाइनन्, संसार नै त्यागिन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...