News Portal

नुवाकोटको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना : अहिलेसम्म १६ जनाको शव फेला

हिमाली संचार संवाददाता
६०५ पटक

नुवाकाेट -नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । अनुमानित ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खस्दा अहिलेसम्म १६ जनाको शब फेला परेको डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएकाको उद्धार सुरु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मिनी ट्रक घ्याङफेदीकाे भीरबाट खसेकाे दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले बताईन ।
दुर्घटनामा धेरैको ज्यान गएको आशंका छ  । गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यका अनुसार मिनिट्रकमा ४५ जनाभन्दा बढी सवार थिए । उहाँले दुर्घटनामा ३० जनाभन्दा बढीकाे ज्यान गएकाे अाशंका रहेकाे जानकारी दिनुभयाे ।

सिसिपुबाट सिम्टाङ फर्किदैं गरेको गाडी दुर्घटना भएको हो । दुप्चेश्वर वडा नम्बर १ का कार्यवाहक अध्यक्ष नागसाङ तामाङले पनि दुर्घटनामा ३० जनाको हताहती भएको आशंका रहेको जानकारी दिनुभयो । आफू घटनास्थल जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।

उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा जान अनुरोध गरिएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि घटनास्थलमा जान अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार घटनास्थल घ्याङफेदीमा प्रहरीको टोली पुगेको छ । उहाँले दुर्घटनामा १६ जनाको शव भेटिएको र अरुको खोजी भइरहेको जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...