News Portal

दाङको तुलसीपुर बजारमा एक घर आगलागी, ५ करोड बढिको क्षति

हिमाली संचार संवाददाता
६८२ पटक

दाङ : दाङको तुलसीपुर बजारस्थित अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । भिम घिमिरेले आफ्नै घरमा सञ्चालन गर्दै आएको जुत्ता-चप्पलको होलसेल पसलमा आगलागी भएको हो ।

आगलागीबाट घर र पसल पूरै क्षतिग्रस्त भएको छ । घर तथा पसल धनी भिम घिमिरेले पाँच करोडभन्दा बढीको क्षति भएको बताएको पत्रकार शरद रेग्मीले जानकारी दिए ।

वीरेन्द्र चोकबाट पश्चिमतर्फ पाँच नम्बर वडा कार्यालयसँगै रहेको आफ्नो चार तले घरको सटरमा घिमिरेले पसल सञ्चालन गर्दै आएका थिए । घिमिरे परिवार भने सोही घरको माथिल्लो तल्लामा बस्दथे । उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

आगो लागेको सो घरसँगै अन्य घरहरु पनि सटेका छन् र सो पसलसँगै अन्य होलसेल पसलहरु पनि छन् । आगो निभाउन तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरका साथै घोराही उपमहानगरपालिकाको दमकल समेत झिकाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय व्यवसायी, तुलसीपुरबासीको दुई घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आउने क्रममा रहेको वडानम्वर ५ का अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।

तस्वीर : शरद रेग्मी

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...