News Portal

दाङको तुलसीपुर बजारमा एक घर आगलागी, ५ करोड बढिको क्षति

हिमाली संचार संवाददाता
६५७ पटक

दाङ : दाङको तुलसीपुर बजारस्थित अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । भिम घिमिरेले आफ्नै घरमा सञ्चालन गर्दै आएको जुत्ता-चप्पलको होलसेल पसलमा आगलागी भएको हो ।

आगलागीबाट घर र पसल पूरै क्षतिग्रस्त भएको छ । घर तथा पसल धनी भिम घिमिरेले पाँच करोडभन्दा बढीको क्षति भएको बताएको पत्रकार शरद रेग्मीले जानकारी दिए ।

वीरेन्द्र चोकबाट पश्चिमतर्फ पाँच नम्बर वडा कार्यालयसँगै रहेको आफ्नो चार तले घरको सटरमा घिमिरेले पसल सञ्चालन गर्दै आएका थिए । घिमिरे परिवार भने सोही घरको माथिल्लो तल्लामा बस्दथे । उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

आगो लागेको सो घरसँगै अन्य घरहरु पनि सटेका छन् र सो पसलसँगै अन्य होलसेल पसलहरु पनि छन् । आगो निभाउन तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरका साथै घोराही उपमहानगरपालिकाको दमकल समेत झिकाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय व्यवसायी, तुलसीपुरबासीको दुई घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आउने क्रममा रहेको वडानम्वर ५ का अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।

तस्वीर : शरद रेग्मी

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...