News Portal

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

२१६ पटक

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेप्से सूचक २५८५.८७ बाट २६३३.४२ अंकमा पुगेको छ र २ सय ३८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। कुल ३२८ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रले निराश बनाएका लगानीकर्ताहरू नयाँ राजनीतिक सहमतिले आशावादी बनेका छन्। बालेन–रवि सहमतिमा बालेन आगामी प्रधानमन्त्री र रवि लामिछाने पार्टी अध्यक्ष हुने सम्भावना बढेपछि बजारमा उत्साह देखिएको छ।

आजको कारोबारमा मिडिल सोलु हाइड्रोपावर कम्पनीको सेयर ९.४९ प्रतिशतले वृद्धि भएको छ भने विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ। यससँगै कुल कारोबार रकम गत हप्ता बुधबारको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

विश्लेषकहरूका अनुसार राजनीतिक वातावरण स्थिर हुने र आगामी २१ फागुनमा संसदीय निर्वाचन हुने सम्भावना बढेपछि आगामी दिनमा पनि बजारमा सुधार जारी रहन सक्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...