News Portal

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

२८८ पटक

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग सहकार्य वा एकता नगर्ने स्पष्ट पारेका छन्। उनले श्रम संस्कृति पार्टी आफ्नै विचार र सिद्धान्तमा आधारित भएर अघि बढ्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले अहिले चुनावी वातावरणका कारण विभिन्न किसिमका चर्चा र अनुमान भइरहेको उल्लेख गरे। तर अरू दल जस्तै मिसावटको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। उनका अनुसार श्रम संस्कृति पार्टीले देशको माटो, ढुंगा र श्रमसँग जोडिएको स्वदेशी सोचको राजनीति गर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएको केही घण्टापछि साम्पाङको प्रतिक्रिया आएको हो। पछिल्लो राजनीतिक घटनाक्रमबीच उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई कसैसँग मिल्ने–नमिल्ने विषयमा भ्रममा नपर्न आग्रह गरेका छन्।

साम्पाङले श्रम संस्कृति पार्टी स्पष्ट दिशासहित एक्लै अघि बढ्ने दोहोर्‍याउँदै मौलिक र स्वदेशी विचारमै आधारित राजनीति जारी रहने बताएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...