News Portal

सरकारी निकायले ध्यान नदिदा खानेपानि आयोजना अलपत्र

४८४ पटक

जाजरकोट – जाजारकोटमा सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले खानेपानि आयोजना अलपत्र परेको छ । जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् ।

बारेकोट गाउँपालिका–४, जिरीका ३०० परिवार पनि कुवा र खोल्साको पानीमा निर्भर छन् । कुशे–८ जिन्ताला र खुर्पा–५का ६०० घरपरिवारलाई पानीकै पिरलो छ । भेरी नगरपालिका–१३, कुदुका ८०० घरपरिवारले वर्षौंदेखि खानेपानी संकट बेहोर्दै आएका छन् । उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य छन् ।

खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौँ गाउँमा खानेपानी अभाव छ ।

जाजरकोटमा करीब १० हजार घरपरिवार खानेपानीको पहुँच बाहिर छन् । दूषित पानी पिउनुपर्ने बाध्यताकै कारण पटक–पटक भाइरल इन्फ्लुएन्जा, झाडापखालालगायत महामारी फैलिने गरेको छ । महामारीकै कारण ४०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

एक आवमा तीन दर्जन योजनाका लागि रु पाँच करोड मात्र खर्चने गरिएको छ । अत्यावश्यक रहेका कतिपय गाउँमा योजना नै पर्दैनन्, बनेका योजना पनि मर्मतसम्भार अभावमा अलपत्र रहेको स्थानीय अटल आचार्यले बताए ।

खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका अनुसार जिल्लाका ३१ हजारमध्ये २४ हजार घरधुरीमा स्वच्छ खानेपानी सुविधा छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...