News Portal

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

२४५ पटक

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी एकता र सहकार्यको वार्ता अन्तिम चरणमा पुगेको छ। दुवै नेताका प्रतिनिधिहरूले सहमतिको खाका तयार पार्न छलफल तीव्र बनाएका छन्। लामिछानेका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र शिशिर खनाल र बालेनका तर्फबाट कुमार बेन र भूपदेव शाहले खाकालाई अन्तरिम रूप दिन काम गरिरहेका छन्।

स्रोतका अनुसार, सहमति भएमा आजै बालेन र लामिछाने भेटेर यसलाई अन्तिम रूप दिने तयारी रहेको छ। लामिछानेले आफ्नो कानुनी प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्न तयार भएका छन्। तर, बालेनले रास्वपाको नाम र चुनाव चिन्हबाट चुनाव लड्नुपर्ने शर्त राखिएको छ। साथै, पार्टी नेतृत्व आफैं लामिछानेले नै गर्ने स्पष्ट भएको छ।

निकटस्थहरूले बताएअनुसार, बालेन पक्ष आगामी सरकारको नेतृत्वमा बढी चासो राखेको देखिन्छ। फागुन २१ को निर्वाचनपछि संक्रमणकालीन अवस्था रहने सम्भावना देखाउँदै लामिछाने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्न तयार भएका हुन्। यसअघि सोमबार र बिहीबार भएका भेटवार्तापछि दुवै नेतालाई निकट सहयोगीहरूले सहमति गर्न दबाब दिएका थिए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...