News Portal

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

४६ पटक

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी एकता र सहकार्यको वार्ता अन्तिम चरणमा पुगेको छ। दुवै नेताका प्रतिनिधिहरूले सहमतिको खाका तयार पार्न छलफल तीव्र बनाएका छन्। लामिछानेका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र शिशिर खनाल र बालेनका तर्फबाट कुमार बेन र भूपदेव शाहले खाकालाई अन्तरिम रूप दिन काम गरिरहेका छन्।

स्रोतका अनुसार, सहमति भएमा आजै बालेन र लामिछाने भेटेर यसलाई अन्तिम रूप दिने तयारी रहेको छ। लामिछानेले आफ्नो कानुनी प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्न तयार भएका छन्। तर, बालेनले रास्वपाको नाम र चुनाव चिन्हबाट चुनाव लड्नुपर्ने शर्त राखिएको छ। साथै, पार्टी नेतृत्व आफैं लामिछानेले नै गर्ने स्पष्ट भएको छ।

निकटस्थहरूले बताएअनुसार, बालेन पक्ष आगामी सरकारको नेतृत्वमा बढी चासो राखेको देखिन्छ। फागुन २१ को निर्वाचनपछि संक्रमणकालीन अवस्था रहने सम्भावना देखाउँदै लामिछाने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्न तयार भएका हुन्। यसअघि सोमबार र बिहीबार भएका भेटवार्तापछि दुवै नेतालाई निकट सहयोगीहरूले सहमति गर्न दबाब दिएका थिए।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...