News Portal

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

२५६ पटक

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै नयाँ राजनीतिक समीकरण तयार गर्न सक्रियता बढाएका छन्। उनले हालैका भेटवार्तामा आफू संघीयता र वर्तमान संविधानको पक्षमा रहेको स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको भेटवार्ता र विभिन्न दलका नेता, जेनजी प्रतिनिधि तथा पूर्वविवेकशील साझाका नेतासँगको छलफलमा बालेनले नेपालमा संघीयता आवश्यक रहेको र हालको संविधान ‘सर्वोत्तम’ रहेको धारणा राखेका छन्। जेनजी प्रतिनिधि रक्षा बमका अनुसार, बालेनले भने, “संघीयता चाहिन्छ, संविधान बेस्ट नै हो। कार्यान्वयन गर्ने तरिकामा त्रुटि देखिएको हो।”

यो सार्वजनिक रूपमा बालेनले संघीयताको पक्षमा धारणा राख्ने पहिलो पटक हो। अघिल्लो आमनिर्वाचनमा उनी प्रदेशसभाको मतपत्रमा सहभागी भएका थिएनन्।

बालेन अहिले जेनजी र अन्य नयाँ शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत जोडेर निर्वाचनमा भाग लिन तयारीमा छन्। उनी निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित घरमा राजनीतिक छलफल गर्दै पार्टीको कार्यालय पनि शुक्रबारदेखि सञ्चालनमा ल्याएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पुस १३ र १४ मा बुझाउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...