News Portal

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

२७६ पटक

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच, विशेष महाधिवेशनका पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाउने तयारी गरेका छन्।

हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले भने, “हाम्रो प्राथमिकता नियमित महाधिवेशन हो। यदि नियमित महाधिवेशन हुन सक्दैन भने मात्र विशेष महाधिवेशनको माग उठाइएको हो।” उनले केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान नगरेको खण्डमा मागकर्ताले आफैंले आह्वान गर्ने दाबी पनि गरे।

असोज २९ मा २४८८ प्रतिनिधिको हस्ताक्षरसहित प्रस्तुत गरिएको विशेष महाधिवेशनको प्रस्ताव हालसम्म केन्द्रीय समितिले बैठकको एजेण्डामा समावेश नगरेकाले असन्तुष्टि बढेको छ। गत कात्तिक २८ मा काठमाडौंको थापागाउँमा भएको पक्षधरहरूको भेलामा पनि औपचारिक संवाद नगरेकामा आलोचना भएको थियो।

घिमिरेका अनुसार, विधानअनुसार माग गरिएको व्यवस्था कार्यान्वयन नगरे, विशेष महाधिवेशनका पक्षधरहरूले आफैंले प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन्। यदि आह्वान हुने हो भने यो यही महिनाको २८ गतेसम्मका लागि लागू हुने छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...