
काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरबाट निस्किएका छन्।
वार्तापछि सञ्चारकर्मीले छलफलको विषयबारे प्रश्न गर्दा रविले उत्तर दिए, “मेरो अनुहारले के भन्छ?” त्यसपछि ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ भन्ने प्रश्नमा उनले भने, “बाँकी समयले बताउला, वार्ता राम्रो भयो।”
राजनीतिक विश्लेषकहरूले यो प्रतिक्रिया आगामी कदमबारे राजनीतिक संकेतको रूपमा हेरिरहेका छन्।