News Portal

कविता ” मेरो पाल्पा “

हिमाली संचार संवाददाता
८७३ पटक

पाल्पामा अवस्थित एसियाकै अग्लो काठको ढोकाबाट मेरो यात्रा सुरु हुन्छ
प्रत्यक आलिका खुड्किला हरुमा मेरा नजरहरु ठोक्किदै जान्छन
तलबाट माथी हेरु या वारिबाट पारी हेरु
जता हेर्यो तेतै सुन्दर,जति हेर्यो तेति सुन्दर,
अनायास एक वाक्य निस्किन्छ!
आहा! मेरो पाल्पा।
कसले दियो तिमिलाइ यति धेरै सुन्दरता?
कसले भर्यो तिम्रो अधरमा प्राकृतिक रङ्ग?
रानी महलको आगनमा दौडिन्छु,
सत्यवती तालको जलमा पौडिन्छु
र म आफैलाइ प्रकृतिको एक भाग्यशाली सन्तान सम्झिन्छु।
जब बतासे डाडाको हावा भैरब्स्थान को तृसुलमा ठोक्किन्छ,
अनि पाल्पाली ढाकाका पतङ्गाहरु फरफराउन थाल्छन।
मनै उथलपुथल हुन्छ,बाध्य भएर भन्छु,
आहा मेरो पाल्पा!
कसले दियो तिमिलाइ यति धेरै सुन्दरता?
कसले भर्यो तिमिभित्र अलौकिक मौलिकता?
करुवा भरिको स्नेहको रसले पाल्पाली मनहरु सिन्चित हुन्छन।
तानसेनको सुन्दर बस्तिले उर्जा फलाउछ।
पर्यटकको आगमनले श्रीनगर सिङ्गारिदै जान्छ।
पाल्पाली प्रकृति भित्र हराएको मान्छे म,अर्को वाक्य बोल्छु,
आहा !मेरो पाल्पा।
कसले दियो तिमिलाइ यति धेरै सुन्दरता?
कसले भर्यो तिमी भित्र अनमोल सुहाग?
स्याङ्ज तनहुँको छातीमा चुलुएका अग्ला नितम्वहरु रामपुर फाँटको मनोरम दृस्य सगैको १४/१५ किलोमिटर को दुरीमा रहेको हात्तिलेक जहाँबाट गोरखपुर सुनवल हरुलाई छर्लङ्ग देख्न सकिन्छ ?
मलाइ आभाष हुन्छ सधैं माथि,सबैभन्दा माथि एक वाक्य फेरी फुत्काउछ जिब्रोले आहा मेरो पाल्पा
कसले दियो तिमीलाई यतिधेरै सुन्दरता
कसले भर्यो तिम्रो छातीमा दिव्य प्रकृति
आहा मेरो पाल्पा
धन्य मेरी आमा !

– ओम कुमारी खाँण
रामपुर नगरपालिका ४ पाल्पा
हाल : युएई।

प्रतिकृया दिनुहोस्

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...