News Portal

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

२७५ पटक

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट हटाएको छ। सरकारलाई दबाब दिन माइतीघर पुगेका उक्त समूहका केही जेनजी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिएको भए पनि समूह सडक आन्दोलनमा उत्रिएपछि प्रहरी सक्रिय भएको हो। सो क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरी भ्यानमार्फत सुरक्षित स्थानमा लगिएको छ।

प्रहरीका अनुसार मिराज ढुंगाना समूहले सोमबार बिहान करिब १० बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर प्रदर्शनको अनुमति मागेको थियो। तर, सुरक्षाका कारण देखाउँदै प्रशासनले अनुमति दिएको थिएन।

अनुमति नपाए पनि प्रदर्शन गर्न माइतीघर पुगेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो। मिराज ढुंगाना समूहले सर्वदलीय सरकार गठनको माग गर्दै आजदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...