
काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३ सदस्यीय यस परिषदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नजोडिएका विवेकशील साझाका नेताहरू पनि समावेश छन्।
परिषदका सदस्यमा रमेश पौड्याल, आशुतोष तिवारी, मिलन पाण्डे, डा. रामजी राम, प्रगति राई, साधना राई, नवीन प्राचीन, डा. मीना पौडेल, दिव्येश गिरि, अनन्त अर्याल, सस्मित पोखरेल, प्रमेश श्रेष्ठ र सरोज गौतम रहेका छन्।
फ्रन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “फ्रन्टका कामकाजलाई अझ सुदृढ, प्रभावकारी र सार्थक बनाउन विभिन्न क्षेत्रका अग्रजहरूलाई सल्लाहकार परिषदमा समेटिएको हो।”
