News Portal

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

२६० पटक

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई शुभकामना दिँदै द्विपक्षीय सम्बन्ध, विकास सहकार्य र संसदीय सम्बन्ध विस्तारमा उनले पुर्‍याएको योगदानको प्रशंसा गरे। कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा वर्षभर आयोजना गरिएका कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई नयाँ चरणमा पुर्‍याएको उनको भनाइ थियो।

सभामुख घिमिरेले नेपाल एक–चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्दै नेपाली भूमिबाट चीनविरुद्ध कुनै गतिविधि हुन नदिने अडान दोहोर्‍याए। चीनको सहयोगमा नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने पहलको प्रशंसा गर्दै उनले बीआरआईअन्तर्गतका परियोजनासहित विकास सहायता कार्यक्रमहरू छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक रूपमा उच्च प्राथमिकतामा राखेको बताउँदै सन् २०२० मा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनतर्फ महत्वपूर्ण प्रगति भएको जानकारी दिए। उनले नेपाल–चीनबीच जनस्तरको सम्बन्ध मजबुत रहे पनि आर्थिक सम्बन्ध अझै अपेक्षित स्तरमा पुग्न नसकेको उल्लेख गरे।

केही दिनअघि सम्पन्न नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालाको सन्दर्भ उठाउँदै राजदूत सोङले धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए। कार्यकालका क्रममा सभामुखसहित नेपाली शीर्ष नेतृत्वबाट पाएको सहयोग र सद्भावलाई आफूले सधैं स्मरण गर्ने पनि उनले बताए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...