
काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्। महाधिवेशनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजना रहेको बताए।
पोखरेलले भने, “हामी नवयुवाहरूको भावना र आकांक्षालाई ध्यानमा राख्दै विकास र समृद्धिको यात्रा अगाडि बढाउँछौँ।” उनले महाधिवेशनको सन्देशअनुसार पार्टीले ओली नेतृत्वमा प्रतिगमनको विरोध गर्दै एक ढिक्का भएर अगाडि बढ्ने पनि स्पष्ट पारे।