News Portal

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

२५० पटक

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन नै एकमात्र उपाय भएको बताएकी छन्।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक अभ्यास, सुशासन र स्थायित्वका लागि समयमै निर्वाचन हुनुपर्नेमा जोड दिइन्। प्रधानमन्त्री कार्कीका अनुसार देशलाई सही दिशामा लैजान संविधानअनुसारको निर्वाचन अपरिहार्य छ।

उनले २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ तयारी अघि बढाइसकेको जानकारी दिइन्। निर्वाचनमार्फत व्यक्त हुने जनमतअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन्।

२३–२४ भदौको जेनजी आन्दोलनपछि मुलुकमा नयाँ अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले वर्तमान सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको बताइन्। शान्ति भंग गर्ने, अराजकता फैलाउने र कानुन हातमा लिने गतिविधि नियन्त्रणका लागि सुरक्षा संयन्त्र सतर्क र सक्रिय रहेको पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।

समाजमा देखिने गलत गतिविधिविरुद्ध समुदायको सहकार्य आवश्यक रहेको भन्दै उनले शान्ति, स्थायित्व र लोकतन्त्रको रक्षा गर्न सबै मिलेर अघि बढ्न आह्वान गरिन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...