News Portal

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

४३१ पटक

– कमला थापा
२०८२ पौष २ गते।
सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय लीनसक्नु मानविय सभ्यताको परिचय हो। नेपालीहरु जति सभ्य, सहयोगी, सामाजिक, शनातनि, संस्कृति प्रेमी र धर्म पारायण छन्। त्यतिकै उचित समयमा निर्णय लिन नसक्ने कमजोर पनि छौ। धर्म र सभ्यताको अर्थ अधर्म गर्नेहरुलाई सदैव छुट दिनु होईन। थोरै समयमै बिर्सने बानी र सबै चुप छन्, म मात्र किन अर्घेलो हुने भन्ने सहने बानिले गर्दा अराजकहरुको मनोबल बढ्ने गर्दछ। यस्ले सभ्यताको अर्थ नै अपभ्रंश बन्दै गएको छ। जस्का कारण अपराधिक मानसिक्ता भएका व्यक्तिहरुले प्रश्चयै पाईरहेका हुन्छन्। निर्दोष ब्यक्तिहरु सजायका भागिदार बनिरहनु पर्ने हुन्छ। त्यो सभ्यताको परिचय होईन, कायर पन हो। अहिले जेएन्जी आन्दोलनका नवयूवाहरु माथि बिभिन्न झुठ्ठा आरोपमा फसाउने षड्यन्त्र भएको छ। तर सांच्चै भाद्र २४ गते अराजक गतिविधिमा उत्रिएकाहरु पार्टी आवरणमा निर्धक्क छन्। प्रहरी प्रसासन भित्रका केहि पौचवाला ब्यक्तिहरु आफ्नै छरछिमेकका निरिह यूवाहरुलाई झुठ्ठा मुद्धा लगाउदै फसाउने काममा ब्यस्त छन्। नेता, ठुलो ओहदाका अफिसर बसेको गाउँ ठाउँ सबैभन्दा सुरक्षित हुनुपर्ने थियो। तर आजकल त्यस्तो छैन । ठूला ब्यक्तिहरु बसेको ठांउ सबै भन्दा असुरक्षित छ। यो सबै नैतिक हिन राजनीतिले जन्माएको खतरा हो। त्यस्तै ब्यक्तिहरुलाई नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि उमेदवार सिफारिस गरेर पठाएको पाईन्छ। जो वारम्वार हार्ने कोटिमा परेका छन्। नभए समानुपातिक तर्फ राखिदिने उनका नेता छँदैछन्। यसले जेएन्जीहरुको सहभागिता र सम्बोधन गर्ने, प्रतिनिधित्व कहांनिर देखिन्छ ? सबै उहि पुराना हरुवा र जनाधार गुमेकालाई पार्टिले अनुभवि को उपाधि दिएको देखिन्छ। त्यस्तै केन्द्रिय सदस्यका लागि एकपटक केन्द्रिय सदस्य भएपछी इकाईबाट आउनै नपर्ने सिधै केन्द्रिय सदस्यमा उम्मेदवारी दिन पाउनुले दलहरुप्रतिको बिश्वस्नियता गुमेको र लोकतन्त्रको उपहास भएको हो।

“नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले भन्ने गरेका छन्। “म राजालाई पूर्व राजा कहिले पनि भन्दिन” त्यो उनले बुझेको ईतिहांसको एउटा उच्च सम्मानको परिचय हो। यस्लाई उनको पुख्र्यौली संस्कार पनि भन्न सकिन्छ। तर यस्को मतलब यो पनि होइन कि उनी राजा ल्याउन आतुर छन्।”

विश्वमा शान्ति प्रेमी विर नेपालीको परिचयले सम्मानित नेपाली हामी यो ३६ बर्षमा विदेशीका सामु शिर निहुरिएको छ। नेताहरुले यस्को जवाफ निर्वाचनमा अबस्य पाउने छन्। राजालाई हामिले हटाएको अरुसंग डराउर्दैनौं भन्ने भाष्य यूवा सांसदहरुको मुखार बिन्दुबाट बारम्बार सुनिन्थ्यो। तर राजाले देशमा रक्तपात नहोस,जनताका प्रतिनिधिहरुको शासन कस्तो हुदोरहेछ त हेरौं भनेर आफ्नो नासो जनतालाई सुम्पिएर सिंहासन बाहिर मात्र बसेका हुन्। राजाको सुझबुझपूर्ण सदासयतालाई कमजोरी सम्झने काम कहिं कतैबाट हुनु भनेको त्यो आफैमा दुर्भाग्य नहोला भन्न सकिन्न। यस्तो भाष्य प्रयोग गर्नेहरु अधिकांस राजनितिक दलहरु भित्रका यूवा सांसदहरु नै थिए। जो आज जेएन्जीहरुलाई झुक्याउन अग्रपंक्तिमा छन्। यो हामी भनिरहेका छैनौं। हो आगामी निर्वाचनका लागि सिफारिस गरिएकोबाट प्रष्ट देखिन्छ। राजनिति भित्र नैतिक शिक्षा र पुर्खाको ईतिहांस नबुझ्नुको परिणाम हो भन्दा फरक पर्दैन। आजकल नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले भन्ने गरेका छन्। “म राजालाई पूर्व राजा कहिले पनि भन्दिन” त्यो उनले बुझेको ईतिहांसको एउटा उच्च सम्मानको परिचय हो। यस्लाई उनको पुख्र्यौली संस्कार पनि भन्न सकिन्छ। तर यस्को मतलब यो पनि होइन कि उनी राजा ल्याउन आतुर छन्। त्यो उनको राष्ट्रप्रेमी राज नेता विपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त मूल्य मान्यता र त्रीमूर्ति मानिएका नेताहरुले पनि आत्मसाथ गरेका मान्यता हुन्।

“नेपालीहरु राजाबादि नभै राष्ट्रिय सुरक्षाको लागि राजसंस्थाबादि भने अबस्य हुन। यसले एमाले नेता मदन भण्डारीको बहुदलीय जनवादको खिल्ली उडाएको देखिन्छ। उनले भनेका थिए, “लोकतन्त्रको नाउमा हजारौं तानाशाहको जन्म भयो भने त्यो एउटा राजा भन्दा धेरै खतरनाक हुन्छ” आज लोकतन्त्रका नाउमा हजारौं भुरे टाकुरे नेताहरुको जन्मले साबित गरेको छ। एमाले नेता ओलीजीको भनाईमा एमाले अजम्बरी पार्टि हो भन्नुहुन्छ। मानव आफै त अजम्बरी छैन, नासवान प्रणिले स्थापना गरेको पार्टी कसरी अजम्बरी होला ?”

राजसंस्था मान्ने, यस्को अपरिहार्यताको ओकालत गर्नेहरुलाई अपहेलित गर्दै ठुला पार्टि भन्ने कम्निस्ट नेताहरुले राजाबादी र गणतन्त्रबादीको कित्ता काटले बुझाउछ। नेपालीहरु राजाबादि नभै राष्ट्रिय सुरक्षाको लागि राजसंस्थाबादि भने अबस्य हुन। यसले एमाले नेता मदन भण्डारीको बहुदलीय जनवादको खिल्ली उडाएको देखिन्छ। उनले भनेका थिए, “लोकतन्त्रको नाउमा हजारौं तानाशाहको जन्म भयो भने त्यो एउटा राजा भन्दा धेरै खतरनाक हुन्छ” आज लोकतन्त्रका नाउमा हजारौं भुरे टाकुरे नेताहरुको जन्मले साबित गरेको छ। एमाले नेता ओलीजीको भनाईमा एमाले अजम्बरी पार्टि हो भन्नुहुन्छ। मानव आफै त अजम्बरी छैन, नासवान प्रणिले स्थापना गरेको पार्टी कसरी अजम्बरी होला ? हिजो ओलीलाई पुजा गर्ने, ओली बिनाको एमालेको कल्पना गर्न नसक्ने, आज प्रतिस्पर्धामा भाग लिन सम्म बन्चित गरिएका तत्कालीन शिक्षा मन्त्री भएका ब्यक्तिले विश्वविद्यालयका प्राध्यापक, बुद्धिजीवीहरु सामु ” केपी ओली फुटवलको पेले हो पेले ” कोसैले राजिनामा माग्दैमा दिन्छ ? भन्नेहरु आज आफै पेलाईमा परेकोबाट पुष्टि हुन्छ। अत्याचारिको प्रसम्सा गर्दा आफैले कसरी भुगतनु पर्यो। यो ज्वलन्त उदाहरण हो।

“अब उठ्नुहोस् शेखर दाई, अब जुटनुस शेखर दाई, यो पार्टी बनाउने, यो देश बनाउने जिम्मा तपाईलाई” यो गहन जिम्मेवारी कोसैले लिन सक्छ भने त्यो तपाईनै हो। जस्ले प्रत्येक यो १० बर्षमा जनताको घरदैलोमा पुगेर देश र जनताको मर्म, नेताहरुले जनतालाई ठगेको, धोखा दिएको र भ्रष्टाचारले देशलाई थिलथिलो वनाएको सबै बुझ्नु भएको छ।”

निकट समय भित्र नेपाली कांग्रेसको १५ महाधिवेशन तोकिएको छ। तोकिएको समयमा सम्पन्न हुन्छ या हुँदैन हेर्नु बांकी छ। केही प्रौढ साथिहरुको जिद्धि थियो। नियमित अधिवेशन भएन भने विषेश अधिबेशन हुन्छ। कुटिल मानसिकताका धनि नेता देउवाले नियमित अधिवेशन तोकिदिए। यदि समयले अर्को कोल्टे नफेरेमा अधिबेशन हुन्छ। बरिष्ठ नेता शेखर कोइरालाले १४ धौं महाधिवेशनमा बनाएको टिम र धोकेबाजहरुको कमि छैन ति त्यस्ता व्यक्तिहरुको भित्री चाल र भू-राजनैतिक प्रभाव कोईरालाले राम्रोसंग बुझनुनै भएको छ। यहां आफ्नै बाउ र राजालाई त नछोड्ने तत्वहरुले तपाईलाई बांकी राख्छन् ? शेखर कोइरालाले त्यो कुटिल षड्यन्त्र बुझ्न जरुरी छ। बांकी कार्यकर्ताहरु अबस्य तपाईको पक्षमा छन्। १४ महाधिबेसनमा एक्लैले ल्याउनु भएको ४१% मतलाई अरु ५% प्रतिशत थप प्रतिनिधिहरुको हातमा छ। नेपाली कांग्रेसका ईमान्दार कार्यकर्ताहरुले थोरै मिहिनेत गरिदिनुहोस् कोइरालाको जित निश्चित छ। प्रचारप्रसारका लागि बनाइएको गितको बोल अति राम्रो छ। “अब उठ्नुहोस् शेखर दाई, अब जुटनुस शेखर दाई, यो पार्टी बनाउने, यो देश बनाउने जिम्मा तपाईलाई” यो गहन जिम्मेवारी कोसैले लिन सक्छ भने त्यो तपाईनै हो। जस्ले प्रत्येक यो १० बर्षमा जनताको घरदैलोमा पुगेर देश र जनताको मर्म, नेताहरुले जनतालाई ठगेको, धोखा दिएको र भ्रष्टाचारले देशलाई थिलथिलो वनाएको सबै बुझ्नु भएको छ। जसरी राजा ज्ञानेन्द्र शाहले बुझ्नु भएको छ। “तपाई भन्नुहुन्छ यूवाहरु र परिपक्व ब्यक्तिहरुलाई मं एकजुट गरेर लान सक्छु ” यदि सांच्चै देश बनाउने जिम्मा लिनु हुन्छ भने तपाईंका भावी योजनाहरु पनि १५ अधिवेशनका बूदांगत खाका प्रस्तुत हुन। कार्यकर्ताहरु बिश्वस्त हुन सकुन्। शकुनी चाललाई चिर्न सकुन्।

“राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने शान्तिका प्रतीक जनताका रक्षक प्रहरी प्रशासनलाई जनमुखी हुन नदिने तत्वहरु प्रसासन भित्र, बाहिर र प्रतेक पार्टि भित्र उत्तिकै नभयका होईनन्। नेपाली कांग्रेस भित्र पनि त्यतिकै छन्। दलका मान्छेहरुले प्रहरी प्रसासनलाई कसरी प्रयोग गरिरहेका छन्, भन्ने कुरा बुझ्नको लागि हिजो मात्र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको मार्मिक अभिव्यक्तिबाट प्रष्ट हुन्छ।”

जेएन्जी आन्दोलनको बास्तविक माग र देखि, बास्तविक जनताको माग के छ। आन्दोलनको फाईदा उठाउने स्वदेशी र विदेशी तत्वहरुको चलखेल हिजोको भन्दा बढी छ। राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने शान्तिका प्रतीक जनताका रक्षक प्रहरी प्रशासनलाई जनमुखी हुन नदिने तत्वहरु प्रसासन भित्र, बाहिर र प्रतेक पार्टि भित्र उत्तिकै नभयका होईनन्। नेपाली कांग्रेस भित्र पनि त्यतिकै छन्। दलका मान्छेहरुले प्रहरी प्रसासनलाई कसरी प्रयोग गरिरहेका छन्, भन्ने कुरा बुझ्नको लागि हिजो मात्र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको मार्मिक अभिव्यक्तिबाट प्रष्ट हुन्छ। “दलहरुले प्रहरीलाई काम छउन्जेल भांडो काम सकेपछि ठांडो” गर्ने गरेको त्यो सब्द भित्रको गहिराइलाई बुझ्न जरुरी छ। यो किन भनिरहेको छु भन्दा तपाईको पार्टी भित्र कृयाशिल सदस्यता बितरण बिना सूचिकृत नंवर नभएका रसिद जिल्ला, जिल्लामा पठाईएको सुनिएको छ। सकृय सदस्यता छानविन समितिमा कस्ता ब्यक्ति राखिएको छ ? जस्ले आफ्नो जिल्ला धोस्त पारेको छ। अब अरु जिल्लामा पनि त्यस्तै गर्न सिपालु ब्यक्ति छानेर राखिएको नहोला भनेर कसरी भन्ने ? ” यो त चोरलाई चौतारो साधुलाई सुली भएन र ? यस्ता मिहीन कुराहरुमा पनि ध्यान जानु जरुरी देखिन्छ।

बांकी कुरा अबस्य बुझनु नै भएको छ। जनता के चाहन्छन्। देश बचाउन मात्र ०४७ सालको संबिधान, संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र यो पनि अधिबेशनको प्रमुख वहसको विषय बन्नु पर्छ। जो राज नेता विपी कोइरालाको प्रजातान्त्रिक मूल्य मान्यता र सिद्धान्त भित्र पर्छ। पृथ्वीपथ संग जोडिने एक मात्र कडी भनेको यो दुई को संगम हो। यसलाई जोड्ने र देश, जनताको रक्षा गर्ने उत्तर दाइत्व पनि तपाईको हो। अग्रिम शुभकामना अझै जानकारिमा आएका कुरालाई अक्षरमा उतार्दै जाउला । बांकी श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...