News Portal

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

१५० पटक

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह मन्त्रालयलाई सुरक्षा अवस्थाबारे जानकारी गराएका छन्। मिति नजिकिँदै जाँदा गृह मन्त्रालय र सुरक्षा संयन्त्रले चुनावी सुरक्षाको तयारी तीव्र बनाएको जनाइएको छ।

केही राजनीतिक दलले भने तोकिएकै मितिमा चुनाव गर्नु सुरक्षाका दृष्टिले संवेदनशील हुने बताउँदै आएका छन्। उनीहरूले फरार कैदी, हिरासतमा रहेका थुनुवा तथा विगतमा लुटिएका हतियार र हराएका गोलीगट्ठाका कारण चुनावी वातावरण जटिल हुनसक्ने दाबी गरेका छन्।

तर सुरक्षा निकायको विश्लेषण फरक देखिएको छ। नेपाल प्रहरीबाट लुटिएका १ हजार २७१ हतियारमध्ये अधिकांश फिर्ता भइसकेको र बाँकी केही हतियार प्रदर्शनका क्रममा खोलानाला वा झाडीमा फालिएको हुनसक्ने अनुमान गरिएको छ। सीमित मात्रामा केही व्यक्तिले हतियार लुकाएर राखेको आशंका भए पनि त्यसले ठूलो सुरक्षा जोखिम नबनाउने सुरक्षा निकायको निष्कर्ष छ।

सुरक्षा अधिकारीहरूका अनुसार चुनावी सुरक्षामा सबैभन्दा ठूलो चुनौती राजनीतिक दल र जेनजी समूहबीच हुनसक्ने टकरावबाट देखिएको छ। चुनावमा सहभागी हुने वा नहुने विषयलाई लिएर दुवै पक्षबीच झडप हुनसक्ने सम्भावनालाई मुख्य जोखिमका रूपमा हेरिएको छ।

फरार कैदीको विषयमा पनि सुरक्षा निकायले अवस्था धेरै हदसम्म नियन्त्रणमा रहेको जनाएको छ। करिब १४ हजार फरारमध्ये करिब १० हजार नियन्त्रणमा आइसकेका छन् भने अहिले पाँच हजारभन्दा कम मात्रै फरार छन्। तीमध्ये केही विदेशी नागरिक रहेका छन्। उनीहरूबाट चुनावी सुरक्षामा भन्दा जाहेरवाला, पीडित पक्ष तथा न्याय क्षेत्रका व्यक्तिमाथि जोखिम बढी हुनसक्ने सुरक्षा निकायको आकलन छ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन गराउने सरकारको अडान दोहोर्‍याएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले निर्धारित मितिमा चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...