News Portal

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

२०२ पटक

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह मन्त्रालयलाई सुरक्षा अवस्थाबारे जानकारी गराएका छन्। मिति नजिकिँदै जाँदा गृह मन्त्रालय र सुरक्षा संयन्त्रले चुनावी सुरक्षाको तयारी तीव्र बनाएको जनाइएको छ।

केही राजनीतिक दलले भने तोकिएकै मितिमा चुनाव गर्नु सुरक्षाका दृष्टिले संवेदनशील हुने बताउँदै आएका छन्। उनीहरूले फरार कैदी, हिरासतमा रहेका थुनुवा तथा विगतमा लुटिएका हतियार र हराएका गोलीगट्ठाका कारण चुनावी वातावरण जटिल हुनसक्ने दाबी गरेका छन्।

तर सुरक्षा निकायको विश्लेषण फरक देखिएको छ। नेपाल प्रहरीबाट लुटिएका १ हजार २७१ हतियारमध्ये अधिकांश फिर्ता भइसकेको र बाँकी केही हतियार प्रदर्शनका क्रममा खोलानाला वा झाडीमा फालिएको हुनसक्ने अनुमान गरिएको छ। सीमित मात्रामा केही व्यक्तिले हतियार लुकाएर राखेको आशंका भए पनि त्यसले ठूलो सुरक्षा जोखिम नबनाउने सुरक्षा निकायको निष्कर्ष छ।

सुरक्षा अधिकारीहरूका अनुसार चुनावी सुरक्षामा सबैभन्दा ठूलो चुनौती राजनीतिक दल र जेनजी समूहबीच हुनसक्ने टकरावबाट देखिएको छ। चुनावमा सहभागी हुने वा नहुने विषयलाई लिएर दुवै पक्षबीच झडप हुनसक्ने सम्भावनालाई मुख्य जोखिमका रूपमा हेरिएको छ।

फरार कैदीको विषयमा पनि सुरक्षा निकायले अवस्था धेरै हदसम्म नियन्त्रणमा रहेको जनाएको छ। करिब १४ हजार फरारमध्ये करिब १० हजार नियन्त्रणमा आइसकेका छन् भने अहिले पाँच हजारभन्दा कम मात्रै फरार छन्। तीमध्ये केही विदेशी नागरिक रहेका छन्। उनीहरूबाट चुनावी सुरक्षामा भन्दा जाहेरवाला, पीडित पक्ष तथा न्याय क्षेत्रका व्यक्तिमाथि जोखिम बढी हुनसक्ने सुरक्षा निकायको आकलन छ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन गराउने सरकारको अडान दोहोर्‍याएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले निर्धारित मितिमा चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए।

प्रतिकृया दिनुहोस्

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...