News Portal

  • एमाले फेरि पुरानै केन्द्रीय संरचनामा, विधान संशोधनमा ईश्वर पोखरेलको असहमति

    ७५ पटक

    काठमाडौं, मंसिर २८ – नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी संरचना पुनः पहिलेकै ढाँचामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनु अघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको हो।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। प्रस्तावमाथि बहुमत केन्द्रीय सदस्यको समर्थन पाएपछि तालीसहित पारित भएको घोषणा गरिएको थियो। तर उक्त निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाउँदै बैठकमा आफ्नो फरक धारणा राखेका छन्।

    यसअघि भदौ महिनाको अन्त्यतिर गोदावारीमा सम्पन्न विधान सम्मेलनले केन्द्रीय कमिटीको आकार घटाउँदै १५ पदाधिकारीसहित २५१ सदस्यीय संरचना तय गरेको थियो। नयाँ निर्णयसँगै एमालेले उक्त व्यवस्थालाई संशोधन गर्दै पार्टी संगठनलाई पुनः पुरानै संरचनामा फर्काउने बाटो रोजेको देखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...

    समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

    काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको...

    एमाले फेरि पुरानै केन्द्रीय संरचनामा, विधान संशोधनमा ईश्वर पोखरेलको असहमति

    काठमाडौं, मंसिर २८ – नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी संरचना पुनः पहिलेकै ढाँचामा फर्काउने निर्णय...