News Portal

एमाले फेरि पुरानै केन्द्रीय संरचनामा, विधान संशोधनमा ईश्वर पोखरेलको असहमति

३०१ पटक

काठमाडौं, मंसिर २८ – नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी संरचना पुनः पहिलेकै ढाँचामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनु अघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। प्रस्तावमाथि बहुमत केन्द्रीय सदस्यको समर्थन पाएपछि तालीसहित पारित भएको घोषणा गरिएको थियो। तर उक्त निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाउँदै बैठकमा आफ्नो फरक धारणा राखेका छन्।

यसअघि भदौ महिनाको अन्त्यतिर गोदावारीमा सम्पन्न विधान सम्मेलनले केन्द्रीय कमिटीको आकार घटाउँदै १५ पदाधिकारीसहित २५१ सदस्यीय संरचना तय गरेको थियो। नयाँ निर्णयसँगै एमालेले उक्त व्यवस्थालाई संशोधन गर्दै पार्टी संगठनलाई पुनः पुरानै संरचनामा फर्काउने बाटो रोजेको देखिएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...