News Portal

गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

२७८ पटक

काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। काठमाडौं–४ का तीन निर्वाचनदेखि निरन्तर प्रतिनिधि बनेका थापा यसपटक सर्लाही, रोल्पा र धनकुटाबाट पनि औपचारिक सिफारिसमा परेका छन्।

अघिल्लो चुनावमा थापाले काठमाडौं–४ मा एमालेका राजन भट्टराईलाई फराकिलो मतान्तरले हराएका थिए। थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराई १३ हजार ८५५ मतमा सीमित भएका थिए। यही कारण यो क्षेत्र अहिले पनि थापालाई एकल रूपमा अघि सारिएको छ।

सर्लाही–४ बाट थापा र वीरन्द्रप्रसाद सिंहको नाम आएका छन्। अघिल्लो निर्वाचनमा यही क्षेत्रमा अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिँदै प्रतिस्पर्धा गरेका थिए। रोल्पाबाट भने थापासहित अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र मन्दीप सुवेदीको नाम सिफारिस गरिएको छ।

यद्यपि थापाले आफू काठमाडौं–४ बाटै चुनाव लड्ने चाहना राख्दै आएका छन्। अन्य जिल्लाबाट सिफारिस भए पनि अन्तिम निर्णय राजधानीकै क्षेत्रलाई प्राथमिकता दिने संकेत उनले दिन आएका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...