News Portal

गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

१८३ पटक

काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। काठमाडौं–४ का तीन निर्वाचनदेखि निरन्तर प्रतिनिधि बनेका थापा यसपटक सर्लाही, रोल्पा र धनकुटाबाट पनि औपचारिक सिफारिसमा परेका छन्।

अघिल्लो चुनावमा थापाले काठमाडौं–४ मा एमालेका राजन भट्टराईलाई फराकिलो मतान्तरले हराएका थिए। थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराई १३ हजार ८५५ मतमा सीमित भएका थिए। यही कारण यो क्षेत्र अहिले पनि थापालाई एकल रूपमा अघि सारिएको छ।

सर्लाही–४ बाट थापा र वीरन्द्रप्रसाद सिंहको नाम आएका छन्। अघिल्लो निर्वाचनमा यही क्षेत्रमा अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिँदै प्रतिस्पर्धा गरेका थिए। रोल्पाबाट भने थापासहित अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र मन्दीप सुवेदीको नाम सिफारिस गरिएको छ।

यद्यपि थापाले आफू काठमाडौं–४ बाटै चुनाव लड्ने चाहना राख्दै आएका छन्। अन्य जिल्लाबाट सिफारिस भए पनि अन्तिम निर्णय राजधानीकै क्षेत्रलाई प्राथमिकता दिने संकेत उनले दिन आएका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...